Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • एक्यान बागमति प्रदेश अध्यक्षमा सन्तोष रेग्मी ।

    नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ(एक्यान) बागमति प्रदेशको अध्यक्षमा सन्तोष रेग्मी निर्वाचित भएका छन् । हिजो भएको निर्वाचनमा रेग्मी अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै सचिवमा बिशाल भट्टराई, कोषाध्यक्षमा अन्कित अर्याल र सदस्यमा सुस्मीता पाण्डे निर्वाचित भएका हुन् ।

    Read More
  • दिल्लीमा लाल किल्ला बाहिर विस्फोटन

    दिल्लीको लाल किल्ला मेट्रो स्टेशननजिकै एउटा कार विस्फोटन भएको छ। घटनामा कम्तीमा आठ जना मारिएको प्रहरीले बताएको छ। दिल्लीको अग्निनियन्त्रक सेवाले जानकारी दिएअनुसार साँझ ६:५५ उनीहरूलाई फोनबाट लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर एक नजिक एउटा सवारीसाधनमा विस्फोटन भएको जानकारी प्राप्त भएको थियो। त्यसपछि छ वटा गाडीमा आगो लागेको बताइएको छ। त्यहाँ रोकिएका अन्य केही…

    Read More
  • इच्छाकामना क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पञ्चमी मेला

    मुग्लिन,(चितवन)/पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा दुईदिने मेला लाग्ने भएको छ । मेलाका अवसरमा पर्यटन प्रवर्द्धनका लागि विविध सांस्कृतिक कार्यक्रम हुने मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिनुभयो । मेलामा राष्ट्रिय तथा स्थानीय विभिन्न विधाका कलाकारको प्रस्तुति पनि रहने उहाँले जानकारी दिनुभयो । इच्छाकामना मन्दिरमा हरेक वर्ष पञ्चमीका…

    Read More
  • महाकाली करिडोरः योजनामा उत्साह, कार्यान्वयनमा निराशा

    दोधारा चाँदनी,(कञ्चनपुर)/यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइँ सरी यहाँ आउनुभयो । त्यतिबेला कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म महाकाली करिडोर निर्माण हुने खबरले उहाँमा उत्साह थियो । करिडोर यातायातको सुविधामात्र नभइ अवसरको ढोका पनि रहेकाले व्यापारका नयाँ सम्भावना खुल्ने अपेक्षा उहाँमा थियो । आफ्नै घर छेउबाट सडक निर्माण हुने भएपछि यहाँको यहाँका…

    Read More
  • मौरी चरनका लागि दाङ पुगे नवलपुरका मौरीपालक

    नवलपुर,(नवलपरासी)/नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का मौरीपालक किसानहरु चरनका लागि पश्चिमतर्फ लागेका छन् । दाङलगायतका जिल्लामा करिब एक महिना पहिले तोरी फुल्ने भएकाले नवलपुरका किसान मौरी लिएर दाङ लागेका हुन् । नवलपुर तथा चितवनलगायतका छिमेकी जिल्लामा तोरीलगायतका अन्नबालीहरु ढिला फुल्ने तथा यहाँका किसानले आफ्नो अन्नबालीमा विषादीको प्रयोग धेरै गर्दा मौरीपालक किसानहरु मौरी बोकेर डुल्नुपर्ने अवस्था सिर्जना भएको मौरी…

    Read More
  • अमेरिका ‘शटडाउन’ हुँदा पाँच हजार बढी उडान रद्द

    अमेरीका/अमेरिका ‘शटडाउन’ भएपछि एयरलाइन्सहरूले कम्पनीहरूलाई ट्राफिक घटाउन निर्देशन दिएका छन्। जसका कारण शुक्रबार पाँच हजारभन्दा बढी अमेरिकी उडानहरू रद्द गरिएका छन् भने केही ढिलाइ भएका छन्। यसले ४० वटा व्यस्त विमानस्थलहरूमा घरेलु उडानहरूलाई असर गर्ने बताइएको छ। यद्यपि अधिकारीहरूले हवाई ट्राफिक नियन्त्रकहरूमाथिको दबाब कम गर्ने प्रयास गरिरहेका छन्। बिरामी बिदा लिइरहेका वा अन्यत्र काम गरिरहेका…

    Read More
  • सरकारका नाममा कारण देखाउ आदेश

    काठमाडौँ/सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ । कामु प्रधानन्यायाधीश हरिप्रसाद फुयाल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार जारी गरेको आदेशमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो । “यसमा मिति २०८२/०६/०५…

    Read More
  • जिल्ला अस्पतालमा हाडजोर्नी र नसा रोग विशेषज्ञ सेवा पुनः सुरु

    बैतडी/यहाँस्थित जिल्ला अस्पतालले हाडजोर्नी तथा नसारोग विशेषज्ञ सेवा पुनः सुरुआत गरेको छ । जिल्ला अस्पातलमा हाडजोर्नी तथा नसारोग विशेषज्ञका रूपमा डा दिपेन्द्र भण्डारी यहाँ आउनुभएसँगै सो सेवा भए पुनः सुरु भएको हो । हाडजोर्नी तथा नसारोग विशेषज्ञ नहुँदा केही महिना अवरुद्ध भएको सेवा फेरि सञ्चालनमा आएको जिल्ला अस्पतालका प्रमुख डा सुशील विकले जानकारी दिनुभयो ।…

    Read More
  • ‘जेनजी’ प्रदर्शनका क्रममा नवलपुरमा रु ५८ करोडको क्षति

    नवलपुर,(नवलपरासी)/‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते भएको आगजनी तोडफोडबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा करिब रु ५८ करोडको क्षति भएको छ । प्रदर्शनका क्रममा जिल्लास्थित सरकारी र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट करिब रु ५८ करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो । उहाँका अनुसार आन्दोलनका क्रममा जिल्लामा ४०…

    Read More
  • आजको मौसमः कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ/हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती…

    Read More