चितवनका सात वटै पालिकामा एमालेको प्रदर्शन ।
चितवन, कार्तिक २५ –आज चितवनका सात वटै पालिकामा एमालेले प्रदर्शन गरेको छ । नेकपा ९एमाले० केन्द्रीय कमिटीले आज भदौ २५ गते देशभरका पालिकाहरुमा जन प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
जस अनुसार चितवनका सबै पालिकामा प्रदर्शन गरिएको एमाले चितवनका सचिव प्रकाश ढुंगानाले जानकारी दिए । प्रतिगमन विरुद्ध जागरण अभियान तथा सचेतना कार्यक्रम स्वरुप जन प्रदर्शन गरिएको हो ।
जन प्रदर्शनमा विभिन्न नाराहरु लगाइएको थियो । नेकपा ९एमाले० जिन्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद, हत्या, हिंसा, आतंक बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर, शान्ति सुरक्षाको प्रत्याभूति गर, भदौ २३ र २४ गतेको अपराधिक घटनाको निष्पक्ष छानबिन गर, सामाजिक सद्भाव कायम गरौं, संविधानको रक्षा गर, कानुनी राज्यको प्रत्याभूति गर, वीर सहिद अमर रहुन्, प्रतिनिधि सभा पुनः स्थापना गर लगायतका नारा प्रदर्शनका क्रममा माइकिङ् गरेर लगाइएको थियो । साथै यी नारा लेखिएका प्लेकार्डहरु पदर्शनका क्रममा सहभागीहरुले बोकेका थिए ।
एमाले चितवनका सचिव ढुंगानाका अनुसार इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाले मोटरसाइकल र्याली गरेर कोण सभा गरे भने अन्य पालिकाले पैदल र्याली गरेर कोण सभा गरे । प्रदर्शनमा केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरु आआफ्नो पालिकामा पुगेका थिए भने केही नेताहरु विभिन्न पालिकामा जान समेत भ्याएका थिए ।
एमालेले कार्तिक २९ गते देशका सबै जिल्लाहरुमा एकसाथ जनसभा गर्ने निर्णय एमालेले गरेको छ । उक्त जनसभाको तयारी समेत भइरहेको एमाले चितवनका अध्यक्ष पाठकले जानकारी दिएका छन् । उनले जिल्ला स्तरीय जनसभामा पनि सहभागिता जनाउन पार्टीका नेता कार्यकर्तासहित आम जनसमुदायलाई आह्वान गरेका छन् ।

