ईनरव्हिल क्लब भरतपुरद्वारा न्यानो कपडा बितरण।
चितवन/रास्ट्रीय आधारभुत बिधालय भरतपुर १७ शरणपुरमा कक्षा ४ मा अध्ययनरत २९ जना विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच ईनरव्हिल भरतपुरद्वारा न्यानो कपडा बितरण गरेको छ।
कार्यक्रमको प्रमुख अतिथि ईनर व्हिल क्लब भरतपुरका डिस्ट्रीक ३५० का एडिटरका पूर्व अध्यक्ष विमला अर्याल अधिकारी र विशिष्ट अतिथिमा श्री आधारभूत बिधालय शरणपुरका अध्यक्ष्य मिना गुरुङ्ग रहनुभएको थियोे। त्यस्तै विद्यालयका उपाध्यक्ष विनोद बहादुर मनाधर, कार्यक्रम संयोजक सुभद्रा सेन लगाएतका अतिथिहरु रहनुभएको सो कार्यक्रम ईश्वरी बानियाँले संचालन गर्नुभएको थियो।
सस्थाको नियमित सामाजिक उत्तरदायित्व अन्तर्गत सो न्यानो कपडा बितरण गरिएको ईनरव्हिल क्लब भरतपुरकी अध्यक्ष माया न्युरेले बताउनुभयो।

