Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवनमा बस्ती पसेको गैँडालाई गरियो स्थानान्तरण

    चितवन/चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा पसेर स्थानीयलाई दुःख दिँदै आएको एउटा भाले गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गरिएको छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी क्षेत्रबाट सो गैँडालाई स्थानान्तरण गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अन्दाजी २५ वर्षको भाले गैँडालाई सौराहा सेक्टरको कुमरोज सामुदायिक वन क्षेत्रमा स्थानान्तरण गरिएको छ । बस्तीमा पसेर बालीनाली नोक्सानी…

    Read More
  • यस्तो रहनेछ आजको मौसम

    काठमाडौं/हाल देशभर कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा…

    Read More
  • मिथिला : जहाँ भगवान् रामसँग गरिन्छ हास–परिहास

    जनकपुर/चलु सखी हिलमिल जनकके आँगन, दुल्हा बनल श्री राम हे ।। जनकपुरधाममा यतिबेला विवाह पञ्चमीको उत्साह देख्न सकिन्छ । धार्मिक पर्यटकहरूको आगमन र विवाहका अनेक विधिहरू शुरु भएसँगै जानकी मन्दिर परिसर नै विवाहमय हुन्छ । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीको दिन सीता–रामको विवाह भएको सम्झनास्वरूप मिथिलामा धुमधामका साथ विवाह पञ्चमी मनाउने गरिन्छ । मिथिलाबासीका लागि…

    Read More
  • ईनरव्हिल क्लब भरतपुरद्वारा न्यानो कपडा बितरण।

    चितवन/रास्ट्रीय आधारभुत बिधालय भरतपुर १७ शरणपुरमा कक्षा ४ मा अध्ययनरत २९ जना विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच ईनरव्हिल भरतपुरद्वारा न्यानो कपडा बितरण गरेको छ। कार्यक्रमको प्रमुख अतिथि ईनर व्हिल क्लब भरतपुरका डिस्ट्रीक ३५० का एडिटरका पूर्व अध्यक्ष विमला अर्याल अधिकारी र विशिष्ट अतिथिमा श्री आधारभूत बिधालय शरणपुरका अध्यक्ष्य मिना गुरुङ्ग रहनुभएको थियोे। त्यस्तै विद्यालयका उपाध्यक्ष…

    Read More
  • चितवनका सात वटै पालिकामा एमालेको प्रदर्शन ।

    चितवन, कार्तिक २५ –आज चितवनका सात वटै पालिकामा एमालेले प्रदर्शन गरेको छ । नेकपा ९एमाले० केन्द्रीय कमिटीले आज भदौ २५ गते देशभरका पालिकाहरुमा जन प्रदर्शन गर्ने निर्णय गरेको थियो । जस अनुसार चितवनका सबै पालिकामा प्रदर्शन गरिएको एमाले चितवनका सचिव प्रकाश ढुंगानाले जानकारी दिए । प्रतिगमन विरुद्ध जागरण अभियान तथा सचेतना कार्यक्रम स्वरुप जन प्रदर्शन…

    Read More
  • तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान

    टक्सार,(भोजपुर)/पहाडी जिल्ला भोजपुरमा नेपाल वायुसेवा निगमले उडान थप गरेको छ । विगतमा हप्तामा दुई उडान मात्र भोजपुर–काठमाडौँ हुँदै आएकामा अब चार उडान हुनेछन् । प्राविधिक कारणले केही समयका लागि कटौती गरिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको काठमाडौँ–भोजपुर–काठमाडौँ उडान तालिका थप भएको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यही कात्तिक २६…

    Read More
  • एक्यान बागमति प्रदेश अध्यक्षमा सन्तोष रेग्मी ।

    नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ(एक्यान) बागमति प्रदेशको अध्यक्षमा सन्तोष रेग्मी निर्वाचित भएका छन् । हिजो भएको निर्वाचनमा रेग्मी अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै सचिवमा बिशाल भट्टराई, कोषाध्यक्षमा अन्कित अर्याल र सदस्यमा सुस्मीता पाण्डे निर्वाचित भएका हुन् ।

    Read More
  • दिल्लीमा लाल किल्ला बाहिर विस्फोटन

    दिल्लीको लाल किल्ला मेट्रो स्टेशननजिकै एउटा कार विस्फोटन भएको छ। घटनामा कम्तीमा आठ जना मारिएको प्रहरीले बताएको छ। दिल्लीको अग्निनियन्त्रक सेवाले जानकारी दिएअनुसार साँझ ६:५५ उनीहरूलाई फोनबाट लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर एक नजिक एउटा सवारीसाधनमा विस्फोटन भएको जानकारी प्राप्त भएको थियो। त्यसपछि छ वटा गाडीमा आगो लागेको बताइएको छ। त्यहाँ रोकिएका अन्य केही…

    Read More
  • इच्छाकामना क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पञ्चमी मेला

    मुग्लिन,(चितवन)/पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा दुईदिने मेला लाग्ने भएको छ । मेलाका अवसरमा पर्यटन प्रवर्द्धनका लागि विविध सांस्कृतिक कार्यक्रम हुने मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिनुभयो । मेलामा राष्ट्रिय तथा स्थानीय विभिन्न विधाका कलाकारको प्रस्तुति पनि रहने उहाँले जानकारी दिनुभयो । इच्छाकामना मन्दिरमा हरेक वर्ष पञ्चमीका…

    Read More
  • महाकाली करिडोरः योजनामा उत्साह, कार्यान्वयनमा निराशा

    दोधारा चाँदनी,(कञ्चनपुर)/यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइँ सरी यहाँ आउनुभयो । त्यतिबेला कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म महाकाली करिडोर निर्माण हुने खबरले उहाँमा उत्साह थियो । करिडोर यातायातको सुविधामात्र नभइ अवसरको ढोका पनि रहेकाले व्यापारका नयाँ सम्भावना खुल्ने अपेक्षा उहाँमा थियो । आफ्नै घर छेउबाट सडक निर्माण हुने भएपछि यहाँको यहाँका…

    Read More