Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • साँढे ६ क्वीन्टल बढी गाँजासहित चितवन प्रहरीद्वारा एक जना पक्राउ

    चितवन/साउन १०/चितवनमा प्रहरीले साँढे ६ क्वीन्टल बढी गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको भारतीय कन्टेनरबाट राप्ती–१, स्थित लोथर पुल नजिकबाट उक्त गाँजासहित कन्टेनर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए। विशेष सूचनाको आधारमा आज बिहान ४ बजेको समयमा भारतीय नम्बर प्लेट युपी ८२ टी ३९२१…

    Read More
  • रौतहटमा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित, खाद्य सङ्कटको जोखिम

    रौतहट/सिङ्गो मधेस प्रदेशसँगै रौतहट जिल्लामा पनि पर्याप्त वर्षा नहुँदा र सिँचाइको पर्याप्त सुविधा नहुँदा धान रोपाइँ प्रभावित भएको छ। साउनको पहिलो साता सकिँदासमेत जिल्लामा जम्मा ५५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र, रौतहटका निमित्त प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले जानकारी दिए । जिल्लामा ३४ हजार हेक्टर खेतीयोग्य जमिन भए पनि हालसम्म १८ हजार ७…

    Read More
  • ‘भिजिट भिसा’ प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार

    काठमाडौँ/‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय र संसदीय छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आजको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु गर्ने बित्तिकै रास्वपा र राप्रपाका सांसद उठेर विरोध जनाएका थिए । सभामुख घिमिरेले रास्वपा सांसद तोसिमा कार्कीलाई बोल्ने समय…

    Read More
  • पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलाल श्रेष्ठले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिष्ट…

    Read More
  • ईनर ह्विल क्लव अफ भरतपुरको १५औं पद हस्तान्तरण ।

    चितवन/श्रावण, ६/चितवनमा ईनर ह्विल क्लव अफ भरतपुरले आफ्नो १५औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले भरतपुरमा एक भब्य कार्यक्रमको आयोजना गरि पद हस्तान्तरण गरिएको हो । डिष्ट्रिक ३५०का चियरमेन आई डब्लु कमला क्षेष्ठको उपस्थितिमा भएको पद हस्तान्तरण कार्यक्रममा क्लवकी निवर्तमान अध्यक्ष्य गीता सुवेदीले नवनिर्वाचित अध्यक्ष माया खराल निउरे नेतृत्वको कार्य समितिलाई पद पदहस्तान्तरण गर्नु…

    Read More
  • प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पोः अशक्तलाई घरमै नागरिकता

    दमौली,(तनहुँ)/जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नवीना खनालले नागरिकता प्राप्त गर्दाको क्षण उनका अभिभावमा खुसीको सीमा थिएन । मातृबात्सल्य नपाइएकी नवीनालाई ७७ वर्षीया हजुरबुबा बासुदेव खनालले पालनपोषण गर्दै आउनुभएको छ । म्याग्दे गाउँपालिका–१ गुणादीकी नवीनाको जन्म विसं २०६२ माघ ११ गते भएको थियो । विसं २०६८ मा उनीले आमा गुमाएकी थिइन् । बुबा पहिचान नभएकी…

    Read More
  • आज ४३औँ बिपी स्मृति दिवस मनाइँदै

    काठमाडौँ/प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पु¥याउनुभएको छ । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो ।…

    Read More
  • कृषि मन्त्रालयले भन्योः देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

    काठमाडौँ/यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो । देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो…

    Read More
  • पब्जी ‘इ-स्पोर्ट्स विश्वकप’मा नेपालले भाग लिँदै

    काठमाडौँ/नेपालको ‘टिम होरा इ-स्पोर्ट्स’ले साउदी अरेबियामा आयोजना हुने पब्जी मोबाईल इ—स्पोर्ट्स विश्वकपमा सहभागिता जनाउने भएको छ । यही साउन ९ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाली पब्जी टोलीले भाग लिन लागेको इ-स्पोर्ट्स सङ्घ नेपाल (ईशान)द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो । सङ्घका अध्यक्ष अन्जन धमला, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पब्जी…

    Read More
  • भियतनाममा पर्यटक सवार डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु

    हनोई/भियतनाममा पर्यटकले भरिएको एउटा डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । खराब मौसमका कारण डुङ्गा पल्टिएको बताइएको छ । यो घटना उत्तरी भियतनामको लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा भएको हो । यस घटनापछि धेरै मानिसहरू अझै बेपत्ता भएको खबर आएको छ । रिपोर्टका अनुसार अधिकांश पर्यटक भियतनामको राजधानी हनोईबाट आएका थिए । उद्धारकर्मीहरूले…

    Read More