Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    भिरबाट लडेर बागलुङमा एक जनाको ज्यान गयो

    बागलुङ/भिरबाट लडेर बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका ५५ वर्षीय जगबहादुर किसानको ज्यान गएको छ । उनको घर नजिकैको भिरबाट लडेर ज्यान गएको प्रहरीको भनाइ छ । यही वैशाख २५ गते सम्पर्कविहीन भएका किसान खोजतलासको क्रममा सोमबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका मतदान स्थलमा भोलिदेखि सुरक्षाकर्मी र कर्मचारी

    चितवन/भोलि मंगलबारदेखि चितवनका मतदान स्थलमा सुरक्षाकर्मी र कर्मचारी खटिने भएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीका अनुसार निर्वाचनका लागि आवश्यक सामग्रीसहित भोलि बिहानदेखि नै मतदान केन्द्रमा कर्मचारी खटिने भएको हो । ‘मतदान अधिकृतहरुलाई हामीले तालिम प्रदान गरिसक्यौँ । भोलि साढे ६ बजेदेखि मतदानका लागि आवश्यक पर्ने सामाग्री बुझेर मतदान केन्द्रमा खटिनुहुन्छ’, उनले…

    Read More
  • अनिलकाे शव पाेष्टमार्टमकाे लागि सहमति दिईयाे

    चितवन । हिजाे बेलुका धारिलो हतियार प्रयाेग गरि हत्या गरिएका अनिल परियार(कान) काे शव पाेष्टमार्टमका लागी भरतपुर अस्पताल लगिएकाे छ ।  बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको रोहवरमा परियारको शव पोष्टमार्टम गर्न कार्यकर्ताहरुले सहमति दिएका हुन् । सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको लागि पहल गर्ने श्रेष्ठले आश्वासन दिएपछि परियारको शव चितवन मेडिकल…

    Read More
  • मुख्य पृष्ठ

    आज कानुन दिवस

    काठमाण्डौ/कानुन दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००९ साल वैशाख २६ गतेदेखि प्रधान न्यायालय ऐन लागू भएको दिनको अवसरमा कानुन दिवस मनाउने चलन छ । आज सर्वोच्च अदालतले कानुन दिवस समारोह आयोजना गरेको छ । तर कानुन दिवस मनाइरहँदा कानुन तर्जुमा प्रक्रिया नै ठप्प भएको डेढ वर्ष कटिसकेको छ । २०७८ सालको बजेट…

    Read More
  • मुख्य पृष्ठ

    मतदानको दिन सवारी पास बोकेका साधनमात्र चलाउन पाइने

    काठमाडौं/मतदानको दिन वैशाख ३० गते सवारी पास बाकेका गाडीहरुमात्र चलाउन पाउने भएको छ । स्थानीय तह निर्वाचनको मतदानको दिन मतदातालाई सवारी साधन प्रयोग गरी ओसार पसार गर्न पाइँदैन । तर निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गाडीहरु भने गुडाउन पाइन्छ । उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई भने मुख्य निर्वाचन अधिकृतको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट पास…

    Read More
  • मुख्य पृष्ठ

    भोलि रातिदेखि मौन अवधि सुरु, नाका पनि बन्द हुने

    काठमाण्डौ/बैशाख ३० हुने पालिका चुनावको लागि भोलि रातिदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन । चुनावी प्रचारको लागि आज र भोलि दुई दिन मात्रै बाँकी भएकाले दल र उम्मेदवार दौडधुपमा व्यस्त छन् । यस्तै, भोलि मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा काङ्ग्रेस प्रदेश प्रतिनिधि अनिल परियारको हत्या ! घटना शंकास्पद।

    चितवन/नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) माथि चितवनमा छुरा प्रहार गरी हत्या गरिएको छ । छुरा प्रहारबाट घाइते भएका परियारलाई उपचारका लागि चितवन मेडिकल कलेज पुर्याइएको भए पनि चिकित्सकले उनको मृत्यु भैसकेको जानकारी दिएका थिए । भरतपुर–७ कृष्णपुर खेलकुद मैदान आगाडी मोटरसाइकलमा हिडिरहेका परियारमाथि अज्ञात समूहले आज साँझ छुरा प्रहार गरेका थिए ।…

    Read More
  • मुख्य पृष्ठ

    काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा १० जना घाइते

    रुकुम/रुकुम पश्चिमको मुसिकोटमा काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा १० जना घाइते भएका छन् । प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले झडप भएको पुष्टि गर्दै आपसी विवादका क्रममा दुई पक्षीयबीच झडप हुँदा दुबै पक्षका गरी १० जना घाइते भएको बताए । मुसिकोटमा एमाले र काँग्रेसको गठबन्धन छ भने माओवादी केन्द्र एकीकृत समाजवादी पार्टीसँग मिलेर चुनावी भिडन्तमा…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रपतिद्धारा दुई अध्यादेश जारी

    काठमाडौँ /राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गर्नु भएको छ। राष्ट्रपति भण्डारीले औषधि (तेस्रो संशोधन), अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन् । राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त दुई…

    Read More
  • अपराध/दुर्घटना

    सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एक रुसी नागरिकको ज्यान गयो

    काठमाण्डौं/विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एकजना रुसी नागरिकको ज्यान गएको छ । प्रहरीको अनुसार सेभेन समिट क्लब रसियाबाट आरोहण गर्न आएका राहदानी नम्बर ७५११०३२२४ बाहक ५५ वर्षीय रुसी नागरिक पाभेल कोफट्रिकिनको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा पुग्दा अचानक लेक लागेर शनिबार साँझ ज्यान गएको हो । उनको शव अल्टिच्युड एयरको हेलिकोप्टरद्वारा…

    Read More