सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एक रुसी नागरिकको ज्यान गयो

काठमाण्डौं/विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एकजना रुसी नागरिकको ज्यान गएको छ । प्रहरीको अनुसार सेभेन समिट क्लब रसियाबाट आरोहण गर्न आएका राहदानी नम्बर ७५११०३२२४ बाहक ५५ वर्षीय रुसी नागरिक पाभेल कोफट्रिकिनको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा पुग्दा अचानक लेक लागेर शनिबार साँझ ज्यान गएको हो ।
उनको शव अल्टिच्युड एयरको हेलिकोप्टरद्वारा त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।