Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    धादिङमा मेयरका उम्मेदवारमाथि हातपात

    धादिङ/चुनावी आचारसंहिताविपरीत बुथभित्र प्रवेश गरेको भन्दै धादिङको नीलकण्ठ नगपालिकाका मेयरका उम्मेदवार भीम प्रसाद ढुंगानामाथि हातपात भएको छ । नेपाली काँग्रेसबाट मेयरको उम्मेदवार रहेका उनी चुनावी आचारसंहिताविपरीत निलकण्ठ ५ स्थित पञ्चकन्या माविको बुथभित्र प्रवेश गरेपछि एमाले र माओवादी समर्थित कार्यकर्ताले हातपात गरेका हुन् । आचारसंहिता विपरीत बुथभित्र प्रवेश गरेको विषयमा दुई पक्षबीच भनाभन हुँदा उनीमाथि हातपात…

    Read More
  • अपराध/दुर्घटना

    मतदान गरी घर फर्कने क्रममा हावाहुरीले ढलाएको रूखले लागेर एक जनाको मृत्यु

    सुर्खेत/हावाहुरीले रूख ढलाउँदा सुर्खेतको वीरेन्द्रनगर–२ रानीघाटमा एक जनाको मृत्यु भएको छ । दिउँसो चट्याङसहित आएको हावा हुरी र असिनापानीले ढलाएको सिमलको रूखले लागेर स्थानिय लालबहादुर पुलामीको स्थलमै मृत्यु मृत्यु भएको प्रहरी जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीका अनुसार पुलामी मतदान केन्द्रबाट मतदान गरी घर फर्किन लागेका थिए।

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीले चलाएको गोली लागेर गोरखामा एक जना घाइते

    गोरखा/प्रहरीले चलाएको गोली लागेर गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा एक जना घाइते भएका छन् । काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएको प्रहरीले जनाएको छ। उनको तिघ्रामा गोली लागेको छ। गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले…

    Read More
  • Uncategorized

    जनप्रतिनिधि चयनका लागि शुक्रबार देशभर निर्वाचन : मतदान सुरु

    काठमाडौं/सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो निर्वाचन बिहान ७ बजेबाट सुरु भएको छ । देशभरका कुल ७५३ स्थानीय तहमध्ये ७५२ स्थानीय तहमा आज बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुँदैछ । कतिपय मतदान स्थलमा बिहानदेखि नै मतदाताको चहल पहल सुरु भएको छ । दिउँदो घाम लाग्ने र कतिपय ठाउँमा पानी पर्ने भएकाले पनि मतदाता…

    Read More
  • चितवन सेरोफेरो

    माओवादी अध्यक्ष प्रचण्डले गरे भरतपुरमा पहिलो मतदान

    चितवन/नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट पहिलो मतदान गरेका छन् । प्रचण्डले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् । उनले बुथ नम्बर कझ बाट मतदान गरेका हुन् ।

    Read More
  • Uncategorized

    भरतपुरकी मेयरका प्रत्यासी रेनु दाहालले गरिन मतदान!

    चितवन/आज बैशाख ३० गते भैइरहेको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिका मेयर पदकी उम्मेद्वार रेनु दाहालले मतदान गरेकी छन् । उनले भरतपुर १४ सुन्दरवस्तिबाट मतदान गरेकी हुन् । बिहान ७ बजेबाट शुरु भएको मतदान जिल्लामा शान्तिपूर्ण रुपमा संचालित छ।

    Read More
  • अपराध/दुर्घटना

    दाङमा डुबेर दुई जनाको मृत्यु

    दाङ/नुहाउने क्रममा डुबेर दाङमा दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । तुलसीपुर उपमहानगरपालिका-६ हात्तीखौवाको १५ वर्षीय गौरव सुवेदीको नुहाउने क्रममा बबई नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । बिहीबार दिउँसो पौउने २ बजेतिर दंगीशरण ४ बैबाङस्थित बबई नदीमा पौडी खेल्न पुगेका…

    Read More
  • आज राति ८ बजेदेखि बिहान ४ बजेसम्म घरबाहिर निस्किन रोक

    सङ्खुवासभा/जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले आज राति ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म घरबाहिर निस्कन रोक लगाएको छ । एक सुचना जारी गर्दै बेलुका ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाएको हो । अत्यावश्यक कामले घरबाट बाहिर निस्कनुपरेमा सुरक्षा निकायलाई पहिला नै जानकारी गराइ अनुमति लिनुपर्ने प्रशासन कार्यालयले निकालेको सूचनामा भनिएको छ…

    Read More
  • अपराध/दुर्घटना

    मतदाता परिचय पत्र खोसेको आरोपमा निवर्तमान वडाध्यक्ष पक्राउ

    दोलखा/मतदाता परिचय पत्र खोसेको आरोपमा दोलखाको तामाकोसी गाउँपालिकाको वडा नम्बर एकका निवर्तमान वडा अध्यक्ष पक्राउ परेका छन् । सोही स्थानको वडा कार्यालय भवनस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण गरिएको स्थानमा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेले १२५ थान मतदाता परिचयपत्र खोसेर फरार भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबारको पत्रकार…

    Read More
  • मुख्य पृष्ठ

    धादिङमा झडपः वडा अध्यक्षका उम्मेदवारसहित २० भन्दा बढी घाइते

    धादिङ/नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताबिच झडप हुदा वडा अध्यक्ष उम्मेदवारसहित २० जना भन्दा बढी घाइते भएका छ्न् । झडपमा परि नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठसहित २० भन्दा बढी घाइते भएका छन. । घाइतेहरुको धादिङ अस्पतालमा उपचार भैरहेको छ । स्थानीयका अनुसार नेपाली कांग्रेस…

    Read More