आज राति ८ बजेदेखि बिहान ४ बजेसम्म घरबाहिर निस्किन रोक

unn.prixa.netसङ्खुवासभा/जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले आज राति ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म घरबाहिर निस्कन रोक लगाएको छ ।

एक सुचना जारी गर्दै बेलुका ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाएको हो । अत्यावश्यक कामले घरबाट बाहिर निस्कनुपरेमा सुरक्षा निकायलाई पहिला नै जानकारी गराइ अनुमति लिनुपर्ने प्रशासन कार्यालयले निकालेको सूचनामा भनिएको छ ।