Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    भरतपुरमा १२ मत गन्दा ४ बदर

    चितवन/चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । सुरुवाती गणनामा १२ मत गन्दा ४ मत बदर भएको छ । नेकपा एमालेबाट विजय सुवेदीले पाँच गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रबाट रेनु दाहालले तीन मत प्राप्त गर्नुभएको छ ।

    Read More
  • अपराध/दुर्घटना

    इलाममा मतगणनाको विषयमा विवाद, दुई राउन्ड हवाई फायर

    इलाम/इलामको देउमाई नगरपालिकामा मतगणनाको विषयमा विवाद भएको छ । गणनामा बसेको कर्मचारीको गोजीबाट स्वस्तिक छाप फेला परेको भन्दै गठबन्धन दलले पुनः चुनावको माग गरेपछि तनाव सुरु हुँदा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको हो । जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र श्रेष्ठले अहिले स्थिति नियन्त्रणमा रहेको र आफूसहित प्रजिअ सो स्थानमा जान लागेको जानकारी दिए ।

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरको मतगणना सुरु

    चितवन/सर्वत्र चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । शनिबार विहान ९ बजेबाट सुरु गर्ने भनिएपनि केहि ढिला गरी मतणना सुरु भएको हो । चितवन उद्योग संघको औधोगिक प्रदशर्नी केन्द्रको सि ब्लकमा मतगणना भइरेको छ । दलका प्रतिनिधिहरुलाई जालिसहितको फलामको बारको छेउमा बस्नेगरि व्यवस्था मिलाइएको छ ।

    Read More
  • मुख्य पृष्ठ

    निर्विरोध भएकासहित अहिलेसम्म ८ वटा पालिकाको नतिजा सार्वजनिक

    काठमाण्डौ/निर्विरोध भएकासहित अहिलेसम्म आठ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्मको नतिजाअनुसार अध्यक्षमा एमालेले चार तथा कांग्रेस र एकीकृत समाजवादीले दुई/दुई ठाउँमा जित हासिल गरेका छन् । एमाले : मनाङको मनाङ डिस्याङ गाउँपालिका मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका मनाङको चामे गाउँपालिका डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) नेपाली कांग्रेस : मुस्ताङको घरपझोङ गाउँपालिका मनाङको नार्पाभूमि गाउँपालिका…

    Read More
  • चितवन सेरोफेरो

    प्रारम्भिक मतपरिणाम : राप्तीमा एमालेको अग्रता

    चितवन/चितवनको राप्ती नगरपालिकाको मतगणना राति १ बजेबाट सुरु भएको छ । सुरुमा राप्ती ६ को मत गणना सुरु गरिएकोमा ३ सय मत गणना हुँदा मेयर र उपमेयरमा एमालेको अग्रता रहेको छ । मतगणनाको प्रारम्भिक नतिजामा एमालेले अग्रता कायम गरेको हो । मेयरमा एमालेका गोविन्दप्रसाद कँडेलले १ सय ५२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट…

    Read More
  • मुख्य पृष्ठ

    बाबुरामको गृहनगर पालुङटारमा जसपाको अग्रता

    गोरखा/बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटार नगरपालिकामा जनाता समाजवादी पार्टी (जसपा)ले सुरुवाती अग्रता लिएको छ । ७०० मत गन्दा मेयरमा जसपाले २५५ मत पाएको छ । नेपाली कांग्रेसले १९१ मत, माओवादी केन्द्रले १६४ मत प्रप्त गर्दै नेकपा एमालेले ४४ मत मात्रै प्रप्त गरेको छ । उपमेयरमा कांग्रेसले १८८, माओवादी केन्द्रले १६९ र एमालेले ५६ मत पाएको…

    Read More
  • चितवन सेरोफेरो

    प्रारम्भिक मतपरिणामः माडीमा माआवादी केन्द्रको अग्रता

    चितवन/चितवनको माडी नगरपालिकाको प्रारम्भिक मत परिणाम अनुसार माओवादी केन्द्रले अग्रता लिएको छ । वडा नम्वर १ को ३५० मत गणना हुँदा मेयरमा ऋषि काफ्ले (माओवादी केन्द्र) १४३ र ताराकाजी कुमारी महतो (एमाले) १२७ मत प्राप्त गरेका छन् ।

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा विहान ९ बजेदेखि मतगणना सुरू हुने

    चितवन/चितवनको भरतपुर महानगरपालिकामा बिहान ९ बजेबाट मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । सर्वदलीय बैठकले मतगणना शनिबार बिहान सुरु गर्ने निर्णय गरेको थियो । भरतपुर महानगरपालिकाको मतगणना चितवन प्रदर्शनी केन्द्र भरतपुर दुरसञ्चर रोडमा हुनेछ ।

    Read More
  • Uncategorized

    रौतहटमा मतपेटिका लुटपाट

    रौतहट/रौतहटमा मतपेटिका लुटपाट भएको छ । यमुनामाई गाउँपालिका वडा नम्बर १ स्थित चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको प्रहरीले जनाएको छ ।  मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै लुटपाट गरेका हुन् । भिडले मतपत्र समेत तोडफोड गरी स्थिति नियन्त्रणबाहिर गएपछि मतदान कार्यलाई…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा आज राति ९ बजे सर्वदलीय बैठक बस्ने

    चितवन/भरतपुर महानगरपालिकाको मतगणनाका लागि आज शुक्रबार राति ९ बजे सर्वदलीय बैठक बस्ने भएको छ। सबै मत पेटी संकलन गरेर मात्रै सर्वदलीय बैठक बस्ने भएको हो। सर्वदलीय बैठक सकिएपछि राति १२ बजेदेखि मात्रै मतगणना हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। भरतपुरको मेयरमा मुख्यतः गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा हुने…

    Read More