धादिङमा झडपः वडा अध्यक्षका उम्मेदवारसहित २० भन्दा बढी घाइते

धादिङ/नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताबिच झडप हुदा वडा अध्यक्ष उम्मेदवारसहित २० जना भन्दा बढी घाइते भएका छ्न् ।
झडपमा परि नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठसहित २० भन्दा बढी घाइते भएका छन. ।
घाइतेहरुको धादिङ अस्पतालमा उपचार भैरहेको छ ।

स्थानीयका अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मौन अवधिमा पनि बुधबार राति चुनावी प्रचारप्रसारमा हिडेका थिए । मौन अवधिमा भोट माग्न पाइदैन । तर वडा अध्यक्ष सहित गाउँमा भोट माग्न आएका दुइ राजनितिक दलविच जंकाभेट हुदा झडप भएको स्थानियले बताए ।

झडप भैसकेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले एक अर्कालाई दोषार्पण गरिरहेका छन् ।