प्रारम्भिक मतपरिणाम : राप्तीमा एमालेको अग्रता

चितवन/चितवनको राप्ती नगरपालिकाको मतगणना राति १ बजेबाट सुरु भएको छ । सुरुमा राप्ती ६ को मत गणना सुरु गरिएकोमा ३ सय मत गणना हुँदा मेयर र उपमेयरमा एमालेको अग्रता रहेको छ ।
मतगणनाको प्रारम्भिक नतिजामा एमालेले अग्रता कायम गरेको हो । मेयरमा एमालेका गोविन्दप्रसाद कँडेलले १ सय ५२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका शमसेर लामाले १ सय ३ मत प्राप्त गरेका छन् । राप्रपाका मनोज अधिकारीले १, राष्ट्रिय नागरिक पार्टीका बिक्रमी महतोले ५, मौलिक जरोकिलो पार्टीका कुशल पाठकले १ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी मेनुका पाठकले १ सय ७० र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका देवेन्द्र लामाले ९७ मत प्राप्त गरेका छन् । राष्ट्रिय नागरिक पार्टीका जितबहादुर बिकले २ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राप्ती ६ को वडा अध्यक्षमा एमालेबाट जलु चौधरी थारुले १ सय ८३, नेपाली कांग्रेसबाट बिक्रम चौधरीले ८७ र नेकपा एकीकृत समाजवादीबाट शुक्रराज चौधरीले ८ मत प्राप्त गरेका छन् । यस राप्ती वडा नम्बर ६ मा ३४ सय ८२ मत खसेको थियो ।