Breaking News

आज प्रतितोला ५ हजार ६ सयले बढ्यो सुन

काठमाडौँ/नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६०० रुपैयाँले बढेर २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन (बिहीबार) सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर प्रतितोला ५०४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।