Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • जङ्गली भालुको आक्रमणबाट ताप्लेजुङमा एक जना घाइते

    ताप्लेजुङ/जङ्गली भालुको आक्रमणबाट ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा–३ आङ्खोप खर्कगाउँका २१ वर्षीय फुर्वा तामाङ घाइते भएका छन् । तामाङलाई शनिवार दिउँसो भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । भालुको आक्रमणबाट तामाङको अनुहार र टाउकोमा गम्भीर चोट लागेको छ । घाइते तामाङको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि शनिवार नै झापामा रहेको बीएनसी अस्पतालमा पुर्याएर थप…

    Read More
  • अपराध/दुर्घटना

    तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

    एजेन्सी/अफ्रिकी देश तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । २४ जनाको उद्धार गरिएको छ । दार–एस–सलामबाट उत्तरी क्षेत्र बुकोबाका लागि उडेको विमान भिक्टोरिया लेकमा दुर्घटनामा परेको हो । अवतरणको समयमा विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमानमा ४३ जना रहेका थिए । पानीमा डुबेको विमानबाट फसेकाहरुलाई निकाल्न उद्धारकर्ताहरुलाई माझीहरुले सहयोग गरेका…

    Read More
  • पत्रपत्रिका/अन्य

    आयोगले मनपरी ढङ्गले निर्णय गरेको भन्दै सर्वत्र आलोचना

    काठमाण्डौं/निर्वाचन आयोगले चुनावलाई लक्षित गर्दै गरेको स्वेच्छाचारी निर्णय सर्वोच्च अदालतले धमाधम उल्टाइदिन थालेको छ। मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गर्दै निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएपछि त्यस्तो अवस्था आएको हो। सामाजिक सञ्जालमा समेत अनावश्यक निगरानी राख्दै मनपरी निर्णय गरेको भन्दै आयोगको आलोचना हुने गरेको छ। सर्वोच्चले मात्रै होइन, निर्वाचन…

    Read More
  • पत्रपत्रिका/अन्य

    विदेशीलाई व्यावसायिक भिसामा कडाइ

    काठमाण्डौं/सरकारले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्रै विदेशी लगानी स्वीकृत गराउने माथि कडाइ गर्ने भएको छ । नेपालमा उद्योगधन्दा खोल्ने भनेर उद्योग विभागबाट लगानी स्वीकृत गराई व्यावसायिक भिसा लिने तर लगानी नगर्नेहरूलाई निरूत्साहित गर्न व्यावसायिक भिसा सिफारिसमा कडाइ गर्न लागिएको हो । उद्योग विभागले व्यावसायिक भिसा सिफारिसलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै भिसा…

    Read More
  • मुख्य पृष्ठ

    ‘विप्लव’ नेतृत्वको नेकपासहित तीन वटा कम्युनिस्ट पार्टीले चुनाव बहिस्कार गर्ने

    काठमाडौं/नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित तीन वटा कम्युनिस्ट पार्टीहरूले ४ मंसिरको निर्वाचनलाई बहिस्कार गर्ने घोषणा गरेका छन् । बहिस्कारको घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रहेका छन् । तीनवटै दलले आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा संयुक्त पत्रकार सम्मेलन गर्दै…

    Read More
  • प्रधानमन्त्री शेरबहादुर देउवालाई गृहजिल्ला डडेलधुरामा ३२ किलोको मालाले सम्मान

    काठमाडौ/नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई गृहजिल्ला डडेलधुरामा ३२ किलोको माला लगाइएको छ। जिल्लाको भित्री मधेस क्षेत्र जोगबुढामा आयोजित चुनावी सभामा नेपाली कांग्रेस र सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रको परशुराम नगर समितिले सोमबार देउवालाई ३२ किलोको माला लगाएको हो। भित्री मधेस क्षेत्रका विभिन्न समस्या र सरोकार समेटिएका ३२ वटा मागसहितको ज्ञापनपत्र बुझाउँदै देउवालाई…

    Read More
  • मुख्य पृष्ठ

    आज हरिबोधिनी एकादशी

    काठमाण्डौं/आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ । हरिबोधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । एकादशीहरूमा सबैभन्दा ठूलो हरिबोधिनी एकादशीलाई मानिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका…

    Read More
  • अपराध/दुर्घटना

    क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

    काठमाण्डौं/क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन् । कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको…

    Read More
  • मुख्य पृष्ठ

    पहाडी भू-भागमा आंशिक बदली

    काठमाण्डौं/हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको  छ । जसको प्रभावले प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अन्य भूभागको मौसम सामान्यतः सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती देशका पहाडी भूभागहरूमा आंशिक बदली रही…

    Read More
  • अपराध/दुर्घटना

    दुई किशोरीको सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

    रुपन्देही/दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देहीमा तीन जना पक्राउ परेका छन् । कञ्चन गाउँपालिकाका १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना ११ का १९ वर्षीय पदम कार्कीसहित १५ वर्षका दुई जना किशोर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरीका प्रवक्ता श्यामु अर्यालका अनुसार आरोपितले ६ जनाले बलात्कार गरेको…

    Read More