Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • प्रधानमन्त्रीसँग उपनिर्वाचनबारे आयोगको परामर्श

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने सन्दर्भमा आज परामर्श गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरुले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र…

    Read More
  • देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँः प्रधानमन्त्री

    ललितपुर/प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्कोसहित आसपासका क्षेत्रमा हुने सवारी जामको समस्या समाधान गर्ने बताउनुभएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा नवनिर्मित फ्लाई ओभरको उद्घाटन गर्दै उहाँले सरकारले बहुआयामिक र चौतर्फी ढङ्गले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो । काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा…

    Read More
  • शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

    चितवन/भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले इन्टरनेटमार्फत एक अस्पतालदेखि अर्को अस्पतालका चिकित्सकसँग समन्वय गरी उपचार गर्ने विधि (टेलिमेडिसिन)सेवा सुरु गरेको छ । कलेज अफ मेडिकल (सिएमएस) को प्राविधिक सहयोगमा टेलिमेडिसिन सेवा सुरु गरेको हो । शुक्रबार एक भव्य कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहालले सेवाको उद्घाटन गर्नुभयो । नियमित चेक जाँच वा जिज्ञासाहरुको…

    Read More
  • चितवन सेरोफेरो

    मनसुनीसहित चार वायु थप सक्रियः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    चितवन/हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि…

    Read More
  • मुख्य समाचार

    प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

    काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरे बमोजिम आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले…

    Read More
  • खेलकुद

    नेदरल्यान्ड्सविरुद्ध नेपालको सानदार जित

    ग्लास्गो/ओपनर कुशल भूर्तेल र आरिफ शेखको प्रभावशाली प्रदर्शनमा बिहीबार नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले सजिलै पराजित गरेको छ । नेदरल्यान्ड्ससँग अघिल्लो खेलमा तीन सुपर ओभरसम्म खेलेर हारेको नेपालले त्यसको बदला लिएको हो । नेपालले १ सय ७५ रनको लक्ष्यलाई दुई बलअगाडि पूरा गर्‍यो । अन्तिम ओभरमा नेपाललाई जितनिम्ति ७ रन आवश्यक थियो । १९ औं ओभरको…

    Read More
  • मुख्य समाचार

    देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै

    काठमाडौँ/उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ । पटकपटक भाका सार्दैै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटन गर्दै हुनुहुन्छ । ‘फ्लाई ओभर’ निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन् । भौतिक पूर्वाधार तथा…

    Read More
  • तीन दलका शीर्ष नेताको बैठक बस्दै

    काठमाडौँ/समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो २ः०० बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु सहभागी हुनुहुने…

    Read More
  • मुख्य समाचार

    गैरआवासीय राजदूत नियुक्त

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले मलेसियाका लागि नेपालका राजदूत डा नेत्रप्रसाद तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसरमा आज राजदूत तिम्सिनालाई फिलिपिन्सको गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

    Read More
  • उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे छलफल भएको थियो । आयोगमा राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिको मनोनयन यथाशीघ्र गर्नेगरी अर्को साता दोस्रो पूर्ण बैठक बस्ने भएको छ । गत…

    Read More