Breaking News
 | Posts created by Surya Baral
  • डेढ वर्षीया छोरी काखमा ,‘दलित’ भन्दै घरनिकाला

    सल्यान / कुमाख गाउँपालिका ६, च्याउखोलाकी एलिसा बिकलाई परिवारले ‘दलित’ भन्दै घरनिकाला गरेका छन् । डेढ वर्षीया छोरी काखमा बोकेकी उनी अहिले बिचल्लीमा छिन् । घरबाट निकालिएपछि जिल्ला प्रहरीमा आएकी सल्यान, च्याउखोलाकी एलिसा बिक । तस्बिर स् बिप्लब महर्जनरकान्तिपुर २१ वर्षीया एलिसाले दुई वर्षअघि स्थानीय टीकाराम रावतसँग प्रेम विवाह गरेकी थिइन् । ‘अहिले सासु९ससुरामात्र होइन, श्रीमानले समेत कुटेर घरबाट…

    Read More
  • चिनियाँ सर्वोच्च अदालतको आदेशमा मेलम्ची खानेपानी आयोजनाले डेढ अर्ब पाउने

    काठमाडौं / मेलम्ची खानेपानी विकास समितिले सुरुङ निर्माणको ठेक्का बीचैमा छाडेर हिँडेका चिनियाँ कम्पनीबाट बैंक धरौटीबापतको एक अर्ब ५१ करोड रुपैयाँ पाउने भएको छ । चाइना रेल्वे ग्रुप अफ कम्पनीले सन् २००९ मा सरुङ निर्माण ठेक्का लिँदा हिमालय बैंक र बैंक अफ काठमाडौंमा १ अर्ब ५१ करोड रुपैयाँ धरौटी राखेको थियो । कम्पनीका तर्फबाट चाइना…

    Read More
  • दोस्रो माडी मेयर कप फुटवल फागुन ६ गतेबाट

    चितवन । फागुन ३ माडीमा यही फागुन ६ गतेबाट दोस्रो माडी मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । यस विषयमा शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । कुल १४ वटा टिम सहभागी हुने यस प्रतियोगिताको विजयी टिमले नगद १ लाख १ हजार १ सय ११ पाउनेछ । त्यस्तै उपविजेता टिमले ५१ हजार…

    Read More
  • मोबाइल म्यासेजले पत्ता लगायो सुनको पोल

      काठमाडौं / मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो । भन्सार र प्रहरी कर्मचारी दुवैले ुसो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन् । त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए । उजुरीमा…

    Read More
  • महाभियोगबाट बच्न घुस लिने आयुक्त पाठकद्वारा राजीनामा

      काठमाडौं /नेपाल इन्जिनियर कलेजको विवाद मिलाइदिने भन्दै घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राजीनामा दिएका छन् ।  घुस लिएको प्रमाणसहितको समाचार कान्तिपुर लगायत सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि, सत्तारुढ दल नेकपाले महाभियोग प्रस्ताव लैजाने तयारी गर्दागर्दै पाठकले राजीनामा दिएका हुन् । महाभियोगबाट बच्न उनले शुक्रबार बिहान राष्ट्रपति कार्यालय पुगेर राजीनामा दिएका हुन्…

    Read More
  • चितवनमा नजीककै ब्यक्तिबाट डरलाग्दो बलात्कार 

    प्रनिश थापा , चितवन , ३ फागुन । चितवन प्रहरीले आफ्नै भान्जीलाई बलात्कार गर्ने मामालाइ पक्राउ गरेको छ । रौतहट जिल्ला चपुर ७ बस्ने १५ वर्षीया आफ्नै भान्जीलाई रोजगारीमा लगाइदिने भन्दै चितवन भरतपुर महानगरपालिका १६ स्थित एक पोल्ट्री फर्ममा राखी बलात्कार गरेको आरोपमा बारा गढीमाई ४ बस्ने बर्ष २१ का रवीन्द्र साहलाई प्रहरीले पक्राउ गरेको…

    Read More
  • अपराध/दुर्घटना

    सालको काठ सहित चितवनमा दुईजना पक्राउ ।

    चितवन,फागुन ३ । ठूलो परिमाणको सालको काठ सहित चितवनमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका १३ का गणेश क्षेत्री र खैरहनी नगरपालिका १ का विनोद वुर्लाकोटी रहेका छन् । उनीहरुलाई इच्छाकामना गाँउपालिका ७ हरिपुर स्थित सब डिभिजन वन कार्यालयको क्षेत्रभित्र पर्ने रानीखोला सामुदायिक बनबाट ११ थान गोलिया (१ सय ४ क्यूफिट) सालको काठ सहित पक्राउ…

    Read More
  • चितवन प्रहरीको सक्रियता : १६ थान कौडा सहित २३ जुवाडे पक्राउ ।

    प्रनिश थापा , चितवन , ३ फागुन । चितवन प्रहरीले १६ थान कौडा सहित २३ जना जुवाडेलाई गएराती पक्राउ गरेको छ । गएराती साँढे एघार बजेको समयमा भरतपुर महानगरपालिका वर्डा नम्बर एघार भोजाडस्थित छिन्केश्वरी टोलका एक व्यक्तिको घरको दोस्रो तलामा कौडा खेलिरहेको भन्ने तीन नम्बर प्रदेश प्रहरी कार्यालयबाट आएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय…

    Read More
  • जातीय आधारमा सांसदबीच नै विभेद

      काठमाडौं / देशका कानुन निर्माता सांसदले ने आफूहरुमाथि विभेद भएको गुनासो गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद खिमकुमार बिकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदबीच असमान व्यवहार भइरहेको गुनासो पोखेका हुन् । ‘हाम्रो संविधानको धारा ८३ ले दुई सदनको व्यवस्था गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनमा पन िछन्,’ उनले शून्य समयमा भने, ‘तर प्रत्यक्ष…

    Read More
  • अख्तियार आयुक्तमाथि महाभियोग लगाउने सांसदको तयारी

      काठमाडौं /अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले मुद्दा मिलाउने बहानामा ७८ लाख घुस लिएको सार्वजनिक भएपछि नेकपाले संसद्मा महाभियोग प्रस्ताव दर्ता गर्ने संकेत गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि बनेको अख्तियारकै जिम्मेवार व्यक्ति आयुक्त पाठकले घुस लिएको विषय सार्वजनिक भएको थाहा भएपछि नेकपाले सार्वजनिक पदको दुरुपयोग भएको भन्दै महाभियोग प्रस्ताव दर्ता गर्न लागेको…

    Read More