प्रहरीको गोली लागी घाईते भएका विप्लवका एक कार्यकर्ताको मृत्यु

पार्टीको आधिकारिक धारणा आउन बाँकी

भोजपुर/भोजपुरमा विप्लव कार्यकर्तालाई प्रहरी हानेको गाली लागी घाइते भएका विप्लवका एक कार्यकर्ताको मृत्यु भएको छ। मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रह्रीले उनीमाथि गोली चलाएको थियो। प्रहरीको गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाक काउलेमा विप्लव कार्यकर्ता तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए।
खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसीले बताए। गोली लागेर गम्भिर घाइते भएका उनको स्थानीय अन्नपुर्ण स्वास्थ्य चौकीमा प्राथामिक उपचारपछि धरान पठाइएको थियो। मंगलवार साझ पाँच बजे धरान पठाइएको उनको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधवार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

सुराकीको आधारमा खोजी गर्दै पुगेको भोजपुर जिल्ला र प्रदेश नम्बर १ बाट खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले गोली चलाउन खोजेपछि जवाफी फायरमा उनी घाइते भएको प्रहरीले जनाएको छ।
टेम्केमैयुङ्ग गाउँपालिका वडा नं।२ छिनामखुस्थित धोत्रे जङ्गलमा विप्लवका हतियारधारी समूह र प्रहरीको जम्काभेट भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए। उक्त ठाउँ छिनामखु र खोटाङ्गको केपलासगढी गाउँपालिकाको सिमा क्षेत्रमा पर्दछ। त्यस क्रममा उनीहरुले प्रहरीमाथि फायर खोलेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताए।

दुई दर्जन भन्दा बढि रहेका हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको बताइएको छ। प्रहरी टोली घटास्थलभन्दा तल र विप्लवकार्यकर्ता माथिबाट भएपछि विप्लवकार्यकर्ताले गोली चलाएको थियो। गोली हानाहान भएपछि विप्लवकार्यकर्ता जंगलतर्फ भागेका थिए।

विगत केहिदिनदेखि भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सिमा क्षेत्र मैयुम, दोभानेमा विप्लवका हतियारधारी कार्यकर्ता रहेको प्रहरीले सूचना पाएको थियो। सोहि सुचनाको आधारमा साल्पा सिलोछोको दोभाने क्षेत्रमा समेत प्रहरीले गस्ति बढाएको थियो। धोत्रे जंगलमा गोली चलेको आवाज सुनेको स्थानियवासीले पनि बताएका छन। तर यस बिषयमा नेकपाको आधिकारिक धारणा भने आएको छैन् ।