Breaking News
 | 
  • अपराध/दुर्घटना

    पहिरोमा पुरिएर गुल्मीमा ३ जनाको मृत्यु

    गुल्मी/पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गए राति गएको पहिरो परि रेसुंगा नगरपालिका–८ तम्घास थुम्का लाइनका तिलक परियारको तिन छोरीको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा एउटै कोठामा सुतेरहेका छोरीहरु २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र जमुना परियारको रहेको प्रहरीले जनाएको छ। पहिरो हटाएर शव निकालिएको छ ।

    Read More
  • मुख्य पृष्ठ

    सर्वोच्चद्धारा कुलमानको नियुक्तिविरुद्ध रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाण्डौँ /सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको छ । रिट निवेदक हितेन्द्रदेव शाक्यको माग अनुसार घिसिङलाई कायकारी निर्देशकका रुपमा काम गर्न रोक लगाउन अन्तरिम आदेश भने दिएन । अब कुलमानलाई काम…

    Read More
  • मुख्य पृष्ठ

    देशभर थप १ हजार ३ सय ३० जनामा कोरोना पुष्टि

    काठमाण्डौँ/देशभर थप एक हजार तीन सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ६ सय २२ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख…

    Read More
  • अपराध/दुर्घटना

    पूर्वि नवलपरासीबाट लागुऔषधसहित ३ जना पक्राउ

    नवलपरासी/गैँडाकोटबाट लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००१-च १२८३ नम्बरको टाटा पिकअप भ्यानमा लागु औषध ल्याउदै गरेका तीन जनालाई गैँडाकोट नगरपालिका वडा नं. २ नारायणी पुल नजिकैबाट विहान चारबजे पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका वडा नं. ११ का…

    Read More
  • मुख्य पृष्ठ

    भारतीय तस्करको आक्रमणबाट तीन सशस्त्र प्रहरी घाइते

    धनगढी/भारतीय तस्कर समूहको आक्रमणबाट कञ्चनपुरमा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि सोमबार साँझ भारतीय तस्करहरुको समूहले आक्रमण गरेको हो । आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण…

    Read More
  • उधोग/पर्यटन

    चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने

    काठमाण्डौ/चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने भएका छन् । घोषणा गरी निर्माण कार्य गर्न बजेट विनियोजन भइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । घोषणा हुन बाँकी रहेका स्थानीय तहमा यस वर्ष घोषणा गरिनेछ । विभिन्न स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आइरहेका छन् । मन्त्रालयको औद्योगिक पूर्वाधार शाखाका उपसचिव शान्ता…

    Read More
  • मुख्य पृष्ठ

    आज ७ वटा जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन

    काठमाण्डौ/आज ७ वटा जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन हुँदैछ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बर्दिया, कपिलवस्तु र बाजुरामा आज वडा अधिवेशन हुन लागेको हो । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए अनुसार ७ जिल्लाका निर्वाचन अधिकृतहरुले वडा अधिवेशन आजै सम्पन्न गर्ने आफूहरुलाई जानकारी दिएका छन । “आज ७ जिल्लाका वडा…

    Read More
  • मुख्य पृष्ठ

    आज अन्तर्राष्ट्रिय शान्ति दिवस

    काठमाण्डौ/हरेक वर्ष २१ सेप्टेम्बरमा मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलवारको दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो । सन् २००२ मा…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि सोह्र श्राद्ध सुरु : घरघरमै दिवङ्गत आफन्तको श्राद्ध गरिँदै

    काठमाण्डौ/आजदेखि सोह्र श्राद्ध सुरुको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको हो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्ध समेत भन्ने गरिएको हो । चाडपर्व तथा ठूला कार्य गर्नुअघि पितृलाई…

    Read More
  • मुख्य पृष्ठ

    जनपत्रकार संगठन नेपाल धादिङको प्रथम जिल्ला भेला सम्पन्न

    सुन्दर तामाङ धादिङ /जनपत्रकार संगठन नेपाल धादिङको प्रथम जिल्ला भेला गजुरीको आदमघाटमा सम्पन्नमा भएको छ । भेलाले सुन्दर तामाङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ । जनपत्रकार संगठन धादिङको उपाध्यक्षमा सुजन नेपाली, सचिबमा पुजा थापा र कोषाध्यक्षमा सरोज लगुन निर्विरोध निर्वाचित भएका छन्। भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी धादिङका जिल्ला…

    Read More