Breaking News
 | 
  • मुख्य पृष्ठ

    माओवादीको अध्यक्षमा फेरि प्रचण्ड निर्वाचित

    काठमाण्डौ/पुष्पकमल दाहाल प्रचण्ड फेरि नेकपा माओवादी केन्द्रको अध्यक्षमा निर्वाचित हुनुभएको छ । आज सोमवार बसेको केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई अध्यक्षमा निर्वाचित गरेको हो । प्रचण्डलाई अध्यक्ष बनाउन नारायणकाजी श्रेष्ठले प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । अध्यक्षमा निर्वाचित भएपछि बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफू अब नेतृत्वबाट अलग हुनुपर्छ भन्ने लागे पनि…

    Read More
  • मुख्य पृष्ठ

    माघ दोस्रो सातादेखि कोरोनाको तेस्रो लहर आउनसक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

    काठमाडौं/आगामी माघ दोस्रो हप्तादेखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ । अर्को लहरमा देखापर्ने पूर्व संकेत देखिसकेकाले माघको दोस्रो सातापछि अर्को लहर आउने प्रक्षेपण गरिएको मन्त्रालयका एक अधिकारीले बताए । ‘मन्त्रालयले यस बिषयमा र्‍यापिड एक्सन प्लान तयार गरिरहेको पनि उनले बताए । कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन…

    Read More
  • अपराध/दुर्घटना

    पाँच महिनाको अवधिमा प्रहरीविरुद्ध ३ सय ६७ उजुरी

    काठमाडौं/आमसर्वसाधारण कुनै पनि घटना, दुर्घटना तथा असुरक्षाको महसुस भए गुनासो, उजुरी तथा जाहेरी लिएर जाने थलो प्रहरी कार्यालय हो । प्रहरीसमक्ष पुग्दा न्याय पाइन्छ भन्ने आस पीडित पक्षलाई हुन्छ । तर, त्यही न्यायिक निकायका रूपमा रहेको प्रहरीका कतिपय कामकाज चित्त नबुझेर वा भनौं प्रहरीका क्रियाकलापविरुद्ध पनि उजुरी पर्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयले…

    Read More
  • मुख्य पृष्ठ

    आज दिउँसो देशभर आंशिक बदली

    काठमाडौं/देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । आज दिउँसो भने देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मंगलबार सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी…

    Read More
  • मुख्य पृष्ठ

    म्याग्दीमा हिमपहिरोमा परेर एक बेपत्ता, तीन अलपत्र

    पोखरा/म्याग्दीको गुर्जामा भारी हिमपातपछि झरेको हिमपहिरोमा परेर एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार धवलागिरी गाउँपालिका–१ भेडीगोठमा बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल पहिरोमा परी बेपत्ता भएका हुन । त्यस्तै जगमाया छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेर अलपत्र परेका छन् । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले दिएको जानकारी अनुसार हाल बेपत्ताको खोजी र अलपत्रको…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना संक्रमण

    काठमाण्डौ/पछिल्लो २४ घण्टामा थप २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ८ सय १४ पिसिआर परिक्षणका क्रममा २ सय ३५ जना र २ हजार ८३ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २४…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि मौसममा सुधार

    काठमाडौं/गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएको थियो । आजबाट क्रमशः यो प्रणालीको असर हट्दै जाने र दिउँसो घाम लाग्ने आँकलन गरिएको छ । यद्यपि, आज बिहान पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव भने कायमै रहेको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    आज तमू ल्होसार

    काठमाण्डौं/आज तमू (गुरुङ) समुदायले वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार गाई बर्ग (बर्ष) लाई बिदाई गरी बाघ बर्ग (बर्ष) लाई स्वागत गरी गुरुङ समुदायले तमू ल्होसार पर्व मनाउँछन । एउटा बर्ग (बर्ष) गएर अर्को बर्ग (बर्ष) आउने भएकाले गुरुङ समुदायले ल्होसारलाई नयाँ…

    Read More
  • मुख्य पृष्ठ

    भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    पोखरा/तमु ल्होछार पर्वका अवसरमा भोलि गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ । गुरुङ समुदायले पुस १५ मा मनाउँदै आएको तमु ल्होछारमा गण्डकी प्रदेशमा सरकारले एकदिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । प्रदेश सरकारले बर्षमा राष्ट्रिय बाहेक…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना संक्रमण

    काठमाण्डौ/ देशभर पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा दुई जना संक्रमितको मृत्यु भएको छ भने २५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ४३५ र एन्टिजेन विधिबाट १ हजार १७५ जनामा परिक्षण गरिएको थियो ।…

    Read More