पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना संक्रमण

काठमाण्डौ/पछिल्लो २४ घण्टामा थप २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ८ सय १४ पिसिआर परिक्षणका क्रममा २ सय ३५ जना र २ हजार ८३ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २४ हजार ३ सय ९८ पुगेको छ । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ९० जनाको मृत्यु भएको छ । त्यस्तै २ सय २८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ११ हजार ७ सय ४६ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ४ हजार ८ सय ७१ सक्रिय संक्रमित आइशोलेशन र १०३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।