Breaking News
 | 
  • मुख्य पृष्ठ

    आजको मौसमः पहाडी भू–भाग हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाण्डौ देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू–भागहरुमा आंशिक बदली को अवस्था रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागि रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मंगलबार पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू–भागका…

    Read More
  • अपराध/दुर्घटना

    कैलालीमा पुलबाट खसेर एक जनाको मृत्यु

    कैलाली/पुलबाट खसेर कैलालीमा एक जनाको मृत्यु भएको छ। भीमदत्त राजमार्ग अन्तर्गत तराइ र पहाड जोड्ने गोदावरी नदीमाथि बनेको काठे पुलबाट खसेर अछामको मंगलसेन नगरपालिका–५ का ३९ वर्षीय रुपराज भाटको सोमबार बेलुकी मृत्यु भएको हो। जीर्ण काठे पुलबाट खसेर बेलुकी करिब पौने ६ बजे भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश…

    Read More
  • अपराध/दुर्घटना

    उदयपुरमा जिप दुर्घटना, एकको मृत्यु, ५ जना घाइते

    उदयपुर/उदयपुरको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको गोलाइमा दुर्घटना भएको हो । दुर्घटनामा परि अन्य ५ जना घाइते भएका छन् । जीप दुर्घटनामा गम्भीर घाइते कटारी–८ बिजुलेका ३८ वर्षीय घाइते विक्रम मगरको कटारी…

    Read More
  • मुख्य पृष्ठ

    नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा

    बारा/नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेश प्रदेशमा आज सार्वजनिक बिदादिइएको छ । हिजो मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सार्वजनिक बिदा दिने घोषणा गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । नाम र राजधानी निश्चित गर्ने मधेश छैटौँ प्रदेश हो । प्रदेश(१ ले अझै नाम…

    Read More
  • मुख्य पृष्ठ

    देशभर थप ६७३४ जनामा कोरोना पुष्टि

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ४७ र ६ हजार ७ सय ३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

    Read More
  • अपराध/दुर्घटना

    चक्कु हानेर एक जनाको हत्या, एक जना घाइते

    काठमाडौं/काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु हानेर एक जनाको हत्या भएको छ । अर्का एक जना घाइते छन् । मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज र अशोक बस्नेतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार…

    Read More
  • अपराध/दुर्घटना

    किशोरी बलात्कार आरोपमा एक जना पक्राउ

    बर्दिया/१४ वर्षीया किशोरी बलात्कार आरोपमा बर्दियाबाट एक जना पक्राउ परेका छन् । आइतबार जिल्लाको गुलरिया नगरपालिका–६ खाजा घरमा १४ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले जाजरकोटको शिवालय गाउँपालिका घर भएका ३० वर्षीय जनक शाहीलाई पक्राउ गरेको हो । पक्राउ परेका शाहीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि अदालतमा म्याद थप गरि अनुसन्धान…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि स्वस्थानी व्रत एवं माघ स्नान सुरु

    काठमाण्डौं/प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम माघ स्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । एक महिनासम्म व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८…

    Read More
  • अपराध/दुर्घटना

    धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध भ्रष्टाचार गरेको उजुरी

    चितवन/चितवनको रामपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियारमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले फाउण्डेसनविरुद्ध उजुरी परेको पुष्टी गरे । सहायक प्रवक्ता भण्डारीका अनुसार रंगशाला निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध इमेलमार्फत् उजुरी प्राप्त भई दर्ता भएको छ । उजुरीकर्ताले विभिन्न…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ । हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित रहेको स्वास्थ्य…

    Read More