Breaking News
 | 
  • मुख्य पृष्ठ

    नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा पुष्टि

    काठमाण्डौं/नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले बुधबार भएको संक्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका १५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित, स्वास्थ्यसेवा प्रभावित

    चितवन/रासस/जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण तीव्र बढेपछि सेवा प्रभावित हुँदै गएको छ । जिल्लाका चार ठूला अस्पतालमा १५० भन्दा बढी चिकित्सक स्वास्थयकर्मी सङ्क्रमित भइसकेका छन् । पालिकामा कार्यरत स्वास्थ्यकर्मी धेरै सङ्ख्यामा सङ्क्रमित भएपछि खोपलगायतका स्वास्थ्य सेवा प्रभावित हुँदै गएका हुन् । सङ्क्रमण भएर आठौं दिनमा कार्यालयमा काम गर्दै गर्नुभएका स्वास्थ्य…

    Read More
  • मुख्य पृष्ठ

    ४ किलो गाँजासहित मकवानपुरबाट एकजना पक्राउ

    हेटौडा/लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले चार किलो गाँजासहित मनहरी गाउँपालिका–९ का ४९ वर्षीय रामबहादुर घलानलाई पक्राउ गरेको हो । प्रहरीले उनको घुम्ती पसलबाट ४ किलो गाँजा बरामद गरेको छ । पक्राउ परेका उनीमाथि लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्लाका प्रहरी कार्यालय मकवानपुरले जनाएको…

    Read More
  • अपराध/दुर्घटना

    हेटौँडामा मास्कमा कालोबजारी, तीन जना औषधि व्यवसायी पक्राउ

    मकवानपुर/मास्क कालोबजारी गरेको आरोपमा हेटौँडाबाट तीन जना औषधि व्यवसायी पक्राउ परेका छन् । बढी मुल्य लिएर मास्क बिक्री गरेको गुनासोको आधारमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी, सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे र सम्पूर्ण फार्मेसीका सजिता पोख्रेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ । पक्राउ परेकाहरुलाई…

    Read More
  • अपराध/दुर्घटना

    रोल्पामा हँसिया र ढुङ्गा प्रहार गरी श्रीमानको हत्या

    रोल्पा/रोल्पाको सुनछहरी गाउँपालिका–६ झिरबाङकी एक महिलाले हँसिया र ढुङ्गा प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । ४१ वर्षीया मिना पुन मगरलले ४५ वर्षीय पति काले पुन मगरको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मिनाले ढुङ्गा प्रहार गरी पतिको हत्या गरेको खबर पाएसँगै प्रहरी चौकी जेलबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको…

    Read More
  • मुख्य पृष्ठ

    पीसीआर परीक्षण शुल्क घटाउने सरकारको तयारी

    काठमाण्डौ/पीसीआर परीक्षण शुल्क घटाउने सरकारले तयारी गरेको छ । परीक्षण निःशुल्क गर्न माग भइरहेको बेला सरकारले शुल्क घटाउने तयारी गरेको हो । भरे या भोलिसम्म शुल्क घटाउने निर्णय हुने स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले बताउनुभयो । अहिले सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुँदै आएको छ । शुल्क महँगो…

    Read More
  • मुख्य पृष्ठ

    बलिदानी दिवसको अवसरमा मधेस प्रदेश आज सार्वजनिक बिदा

    जनकपुरधाम/बलिदानी दिवसको अवसरमा मधेस प्रदेश आज सार्वजनिक बिदा दिईएको छ । प्रदेश सरकारले मधेश बलिदानी दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिलामन्त्री भरतप्रसात साहले प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार बलिदानी दिवस मनाउन आज प्रदेशमा सार्वजनिक बिदा दिइएको जानकारी दिए । मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेश बलिदानी दिवसका…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसम आंशिक बद्ली

    काठमाण्डौ/आज प्रदेश नम्बर १ र मधेश प्रदेशसहित पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने अनुमान छ । आज दिउँसोको मौसम आंशिक मात्रै बद्ली भए पनि राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् मन्जु बासीले बताउनुभयो । उहाँका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ । काठमाण्डौमा भने आज…

    Read More
  • मुख्य पृष्ठ

    शुक्रवारदेखि मनकामना मन्दिरमा भक्तजनको प्रवेशमा रोक

    गोरखा/आगामी माघ ७ गते शुक्रवारदेखि माघ मसान्तसम्म गोरखाको मनकामना मन्दिरमा नित्य पूजा बाहेक सबै धार्मिक गतिविधिमा रोक लगाइने भएको छ । मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेबिन्द्र गुरुङका अनुसार कोरोना संक्रमण बढ्दै गएकाले भक्तजनहरुको प्रवेशमा रोक लगाउने निर्णय भएको हो। मनकामना क्षेत्र विकास समितिको बैठकले आगामी शुक्रवारदेखि आन्तरिक रुपमा नित्य पूजा मात्रै गर्ने निर्णय…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा संक्रमण पुष्टि

    काठमाण्डौं/नेपालमा पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या…

    Read More