धादिङको गजुरी गाउँपालिकामा गठबन्धका उम्मेदवार विजयी
गजुरी/धादिङको गजुरी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छन् । गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ विजयी हुनु भएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार राजेन्द्र विक्रम बस्नेतलाइ १८ सय ८ मतान्तरले पराजित गर्नु भएको हो । श्रेष्ठले ५ हजार ४ सय ६३ मत पाउनु भएको थियो भने बस्नेतले ३ हजार ६ सय ५५ मत प्राप्त गर्नु भएको थियो ।
त्यसैगरि गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकी सर्मिला बिसुराल ४ हजार ९ सय ५३ मत सहित विजयी हुनभएको छ । उहाँको निकटतम प्रतिष्पर्धी एमालेकी भगवती खतिवडाले ३ हजार २ सय ५८ मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै आठवटै वडामा पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जसअनुसार वडा नम्बर एकको वडा अध्यक्षमा माओवादी केन्द्रका तारा भण्डारी, वडा नम्बर २ मा कांग्रेसका द्रोण कणेल, वडा नम्बर ३ मा कांग्रेसका ऋषिलाल श्रेष्ठ र वडा नम्बर ४ मा पनि कांग्रेसका सुरेन्द्र चेपाङ विजयी हुनु भएको छ ।
त्यसैगरि वडा नम्बर ५ को वडाअध्यक्षमा माओवादी केन्द्रका गोविन्द लामिछाने, वडा नम्बर ६ मा माओवादी केन्द्रका भक्त बहादुर तामाङ (कर्ण), वडा नम्बर ७ मा माओवादी केन्द्रका बद्री जम्कट्टेल र वडा नम्बर ८ मा माओवादी केन्द्रका देवराज ओझा प्यानलसहित विजयी हुनु भएको हो ।