Breaking News
 | 
  • अपराध/दुर्घटना

    हत्या आरोपमा एक जना पक्राउ

    सुनसरी/प्रहरीले हत्या आरोपमा एक जनालाइ पक्राउ गरेको छ । चुरोटको निहुँमा भएको झगडामा हत्या गरेको आरोपमा वराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । धामीले १८ वर्षीय भाइ देव कुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको छ । देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमण

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१६२ जनाको पीसीआर परिक्षण ११ जनामा र १२९१ जनाको एन्टिजेन नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअवधिमा थप १२ जना कोभिड १९ बाट निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १०६ जना…

    Read More
  • अपराध/दुर्घटना

    महोत्तरीमा बोक्सीको आरोपमा दुई महिलालाई निर्घात कुटपिट

    महोत्तरी/बोक्सीको आरोपमा महोत्तरीको जलेश्वरमा दुई वृद्धा महिलालाई निर्घात कुटपिट गरिएको छ । जलेश्वर नगरपालिका-६ धवौलीमा बोक्सीको आरोपमा छिमेकीले कालीदेवी महतो र दुलरिया महतोलाई निर्घात कुटपिट गरेको पीडित पक्षले बताएको छ । छिमेकी भुलन रामचमारले आफ्नी बुहारीलाई टुनामुना लगाएर बिरामी बनाएको भन्दै उनीहरूलाई कुटपिट गरिएको बताइएको छ । कुटपिटका क्रममा दुवैजनाको मुख, घाँटी र ढाडमा चोट…

    Read More
  • पत्रपत्रिका/अन्य

    इम्बोस्ड नम्बर लिए पनि नवीकरणलगायत कार्यका लागि साविककै सवारी नम्बर आवश्यक

    काठमाण्डौ/सवारी साधनलाई नयाँ इम्बोस्ड नम्बर उपलब्ध गराइए पनि नवीकरणलगायत कार्यका लागि साविककै सवारी नम्बर आवश्यक पर्ने भएको छ। सवारी साधनमा नयाँ इम्बोस्ड नम्बर प्लेट राखे पनि सवारी धनीले ब्लूबुक बोक्नैपर्ने र सवारी साधनको पुराने नम्बरका आधारबाट नवीकरण तथा नामसारी गर्नुपर्न हुँदा इम्बोस्ड नम्बरको उपयोगिता तत्काल देखिएको छैन। भेहिकल रजिस्टर प्रणाली (भीआरएस) लागू नहुँदासम्म पुरानै नम्बर…

    Read More
  • मुख्य पृष्ठ

    आज हल्का देखि मध्यम वर्षाको सम्भावना

    काठमाण्डौ/नेपालको प्रदेश न १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू(भागमा मनसुनी वायुको सामान्य प्रभाव परेको छ । अन्य प्रदेशका भू(भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। हाल देशभर सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम…

    Read More
  • मुख्य पृष्ठ

    पूर्वसांसद भद्रबहादुर थापाको निधन

    पाल्पा/रासस/पूर्वसांसद भद्रबहादुर थापाको आज निधन भएको छ । रामपुर नगरपालिका–१० बर्दले बस्ने थापाको ७३ वर्षको उमेरमा आज निधन भएको हो । पूर्वसांसद थापा करिब दश वर्षअघिदेखि मुटुरोगको बिरामी थिए। स्व थापाको कालीगण्डकी नदीको बर्दलेघाटमा वैदिक परम्पराअनुसार दाहसंस्कार गरिएको छ । उनी विसं २०४९ मा तत्कालीन गेझा गाविसको पहिलो अध्यक्षका रूपमा निर्वाचित भएका थिए । नेकपा…

    Read More
  • मुख्य पृष्ठ

    पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन सडक एकतर्फी सञ्चालन

    तनहुँ/पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक सडक भासिएको ठाउँबाट सबै सवारीसाधन सञ्चालन गरिएको छ । सडक भासिएको ठाउँको कुनापट्टि भित्ता खन्ने काम जारी रहँदा आजदेखि सबै खाले सवारी सञ्चालन गरिएको हो । उक्त खण्डमा एकतर्फीरूपमा सवारी सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । रातिको समयमा जोखिम हुने भएकाले…

    Read More
  • मुख्य पृष्ठ

    भोलि ‘विप्लव’ पाटीले एमसीसीको मुख्यालय घेर्ने

    काठमाण्डौं/भोलि (आइतबार) दिउँसो १ बजे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) ले दरबारमार्गमा रहेको एमसीसीको नेपाल कार्यालय घेराउ गर्ने भएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपाका केन्द्रीय सदस्य चिरन पुनले नेपालमा एमसीसी सम्झौता भएकोप्रति लक्षित गर्दै कतै देशले अब युक्रेनको हालत भोग्नुपर्ने त होइन ?…

    Read More
  • मुख्य पृष्ठ

    बजेट युवा उद्यमीलाई प्रोत्साहन गर्ने किसिमको आए पनि कार्यान्वयनमा चुनौती

    काठमाण्डौं/आगामी आर्थिक वर्षको बजेट युवा उद्यमीलाई प्रोत्साहन गर्ने किसिमको आए पनि कार्यान्वयनमा चुनौती रहेको युवा उद्यमीहरूले बताएका छन् । हरेक वर्ष सरकारले युवा उद्यमी, स्टार्टअप व्यवसायको लागि विभिन्न कार्यक्रम घोषणा भए पनि कार्यक्रममा नै सीमित रहेको उनीहरूको गुनासो छ । नेपाल युवा उद्यम संघ ललितपुरका अध्यक्ष राजकरण श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षको बजेट युवा उद्यममैत्री…

    Read More
  • अर्थ/बाणिज्य

    देश पुनः आर्थिक संकटतर्फ लाग्यो

    काठमाण्डौ/चालू आर्थिक वर्षको १० महिनामा मात्रै शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा गएको छ भने कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब २८ करोड अमेरिकी डलर मात्र रहेको छ । यसरी नेपालबाट विदेशी मुद्रा बाहिरिने बढी र भित्रिने कम हुँदा मुलुकको आर्थिक स्थिति कमजोर अवस्थामा रहेको र विदेशी विनिमय सञ्चिति घट्दै जाँदा दैनिक…

    Read More