Breaking News
 | 
  • जेनजी आन्दोलनः बीमा दाबी २३ अर्ब ३९ करोड

    काठमाडौँ/गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बीमा दाबी रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा दाबीको सूचना आउने क्रम जारी रहेको छ । हालसम्म सम्पत्ति बीमा पाँच सय ९४, मोटर बीमा दुई हजार दुई सय नौ, इञ्जिनियरिङ तथा…

    Read More
  • प्रहरीद्वारा कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी

    काठमाडौँ/प्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा देशभरिमा रहेका कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी भइरहेको जनाएको छ । ‘जेनजी’ आन्दोलनका क्रममा देशभरिका कारागारबाट भागेकामध्ये आठ हजार जना कैदी फर्किएका र छ हजार अझै फरार रहेकाले दसैँ, तिहार, छठलगायतका चाडपर्वको समयमा सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको केन्द्रीय…

    Read More
  • आजको मौसमः कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका एकदुई…

    Read More
  • राष्ट्रिय

    ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँः प्रधानमन्त्री

    काठमाडौँ/संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आयवृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवद्र्धन र संवद्र्धन अपरिहार्य भएको बताउनुभएको छ । ४६ औँ विश्व पर्यटन दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय–बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध हिमालका कारण…

    Read More
  • एमाले सचिवालय बैठक आइतबार हुने

    काठमाडौँ/जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न आइबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ः०० बजे गुण्डुस्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाउनुभएको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठकमा देशको समसामयिक परिस्थिति, जेनजी आन्दोलनपछि पार्टीको…

    Read More
  • गैँडा मुद्दाका कैदीबन्दी भाग्दा संरक्षणमा चुनौती

    चितवन/भरतपुर । चाडपर्वको समयमा चितवन राष्ट्रिय निकुञ्जभित्र अपराधिक क्रियाकलाप बढी हुने गरेको तथ्यांक छ । त्यसमाथि यतिखेर गैँडासँग सम्बन्धीत रहेका कैदीबन्दी फरार भएको हुँदा संरक्षणमा चुनौती थपिएको चितवन राष्ट्रिय निकुञ्जको निष्कर्ष छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले अपराधिक समूह बाहिर हुँदा चोरी सिकारी हुने सम्भावना बढी रहेको बताए । ‘अहिले सजाय पाएका…

    Read More
  • बेलहिया नाकाबाट पर्यटक आगमनमा क्रमशः सुधार

    भैरहवा,(रुपन्देही)/कोरोना महामारीपछि बेलहिया नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा क्रमिक सुधार भएको छ । गत बिहीबारसम्मको तथ्याङ्कअनुसार यो वर्ष ५८ देशका ६३ हजार सात सय ९३ जना पर्यटक यो नाकाबाट नेपाल प्रवेश गरेका छन् । नौ महिनाको तथ्याङ्क प्रस्तुत गर्दै अध्यागमन कार्यालयका अधिकृत वासुराम पौडेलले अधिकांश पर्यटक तीर्थाटनका निम्ति नेपाल आउने गरेका बताउनुभयो । यो अवधिमा…

    Read More
  • गड्डाचौकी नाकाबाट आउने विदेशी पर्यटक बढ्दै

    दोधारा चाँदनी,(कञ्चनपुर)/छिमेकी मुलुक भारतसँग जोडिएको पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो समय यो नाका भएर नेपालका विभिन्न सहर घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत नवराज भट्टले जानकारी…

    Read More
  • चिटिक्क पारिँदै गाउँ

    म्याग्दी,(बेनी)/दसैँ नजिकिएसँगै गाउँघरमा चाडपर्वको रौनक बढेको छ । नेपालीले दसैँ–तिहार लगायतका पर्वलाई विशेष महत्व दिने भएकाले रोजगार, व्यवसाय र अवसरका लागि देश विदेश पुगेकाहरु गाउँ फर्कन थालेका छन् । अधिकांश समय सुनसान भएका गाउँघरमा दसैँको आगमनसँगै उल्लास छाउन थालेको रघुगङ्गा गाउँपालिका–७ का चिमखोलाका कायाम रोकाले बताउनुभयो । प्रवासमा रहेकाले चाडपर्व मनाउन छुट्टी लिएर आउने र…

    Read More
  • बागलुङ कालिका मन्दिरमा दर्शनार्थी घटे

    ढोरपाटन,(बागलुङ)/यहाँस्थित प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा आउने भक्तजनको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । विगतका वर्षमा नवरात्र सुरु भएपछि दैनिक हजारौँ दर्शनार्थी कालिका मन्दिरमा आउने गरे पनि यस वर्ष भने उल्लेख्य कमी आएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । मन्दिरमा बडादसैँ र चैते दसैँमा विशेष पूजा हुन्छ…

    Read More