तीन घण्टाको छलफलपछि सकियो राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष दलका नेताबिचको भेटबार्ता
काठमाडौं/राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरूबीच राष्ट्रपति भवन शीतल निवासमा भएको उच्चस्तरीय भेटवार्ता सकिएको छ। मंगलबार दिउँसो ३ बजेबाट सुरु भएको छलफल झण्डै ३ घण्टासम्म चलेर साँझ ६ बजेतिर सकिएको हो।
बैठकमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र विशेषगरी जेन-जी आन्दोलनपछि पहिलो पटक एकै ठाउँमा जुटेका शीर्ष नेतृत्वबीच लामो समय कुराकानी भए पनि छलफलका विषयवस्तु र निष्कर्ष भने सार्वजनिक गरिएको छैन।

