Breaking News
 | 
  • चितवन सेरोफेरो

    शुक्रबार भरतपुरको विभिन्न क्षेत्रमा नौं घण्टा विद्युत् अवरुद्ध हुने

    चितवन/असार ३१ गते शुक्रबार भरतपुर महानगरका विभिन्न क्षेत्रमा नौं घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले ११ केभी प्रसारण लाइन निर्माण कार्यका लागि भरतपुर महानगरका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुन लागेको सूचनामा उल्लेख गरेको छ । शुक्रबार बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म भरतपुरको भृकुटी र क्षेत्रपुर फिडर बन्द रहने…

    Read More
  • मुख्य पृष्ठ

    आज २०९ औँ भानु जयन्ती

    काठमाण्डौ/नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९ औँ भानु जयन्ती आज मनाइदैछ । नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधि आयोजना गरिन्छ । हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ , भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा…

    Read More
  • मुख्य पृष्ठ

    आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा

    काठमाण्डौं/आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरेर असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा मनाइदैंछ । आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन हो । आज पूर्णिमा व्रत ब्यास पूजा जयन्ती हो । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ । संस्कृतमा ‘गु’ को…

    Read More
  • मुख्य पृष्ठ

    केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

    काठमाण्डौं/अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आज दिउँसो प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका…

    Read More
  • मुख्य पृष्ठ

    केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

    काठमाण्डौं/देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशको पहाडी भू-भागका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा…

    Read More
  • मुख्य पृष्ठ

    पटकपटक प्रश्नपत्र आउट

    काठमाण्डौं/सरकारले सेन्टर अफ एक्सिलेन्स प्रमाणित गर्न आगामी आवमा करोड बजेट विनियोजन गरेको त्रिभुवन विश्वविद्यालयले अराजकताको सीमा नाघेको छ। लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षामा पटकपटक प्रश्नपत्र दोहोरिंदा पनि त्रिविले आफूले गरेको गल्ती कहिल्यै स्वीकार गर्न सकेको छैन। पटकपटक प्रश्नपत्र आउट गर्ने घटना त्रिविलाई सामान्य भइसकेको छ। त्यसको पछिल्लो घटना असार २२ को हो। त्यस दिन बीबीए…

    Read More
  • अपराध/दुर्घटना

    किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

    भक्तपुर/किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेका छ । भक्तपुरको सूर्यविनायक नगरपालिका चित्तपोलको पिसपुल रिसोर्टमा आफूमाथि जबरजस्ती करणी भएको भन्दै १६ वर्षकी बालिकाले उजुरी दिएपछि प्रहरीले चाँगुनारायणका २७ वर्षका राज कटुवाललाई पक्राउ गरेको हो । पक्राउ परेका आरोपितमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधि सभाले पारित गर्‍यो यौन हिंसासम्बन्धी विधेयक

    काठमाण्डौ/आज सोमवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९’ पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला० ले राष्ट्रिय सभाको सन्देशसहितको विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भयो । यो विधेयकमाथि बैठकमा छलफल भइ उठेका प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफ दिएपछि विधेयक पारित…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका बोर्डिङ स्कुलहरुले शैक्षिक शुल्क ५० प्रतिशतसम्म बढाउन प्रस्ताव

    चितवन/चितवनका बोर्डिङ स्कुलहरुले शैक्षिक शुल्क बढाउन प्रस्ताव गरेका छन् । बोर्डिङ स्कुलहरुको छाता संगठन ‘निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन नेपाल (प्याब्सन)’ चितवनले मूल्य बृद्धिको बाध्यात्मक अवस्था भन्दै ३० देखि ५० प्रतिशतसम्म शुल्क बढाउन स्थानीय तहलाई प्रस्ताव गरेको हो । स्थानीय तहको शिक्षा महाशाखा वा शाखाले यसको निर्णय गर्ने प्रावधान रहेको छ । प्याब्सनले असार २५…

    Read More
  • मुख्य पृष्ठ

    थप १६८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौ/नेपालमा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार २० जनामा गरिएको परीक्षणमा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल नेपालमा हाल ७७० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

    Read More