| 
  • पत्रपत्रिका/अन्य

    कांग्रेस क्रियाशील सदस्यतालाई लिएर मन्त्रीले गरे कार्यकता माथि हातपात

    काठमाडौं/नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुव्र्यहार गरेका छन्। सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा मन्त्री सिंहलेले नेता तथा कार्यकर्ता माथि दुव्र्यवहार गरेका हुन् । सर्लाही–४ ९क० बाट प्रदेशसभा सदस्य निर्वाचित सिंह पार्टी केन्द्रीय कार्यालय पुगेका…

    Read More
  • पत्रपत्रिका/अन्य

    आउँदो चुनावसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्न नेपालको प्रस्ताव

    काठमाडौं/नेकपा एकीकृत समाजवादीले आउँदो निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्न प्रस्ताव गरेको छ। मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको मोर्चाबन्दी कम्तीमा प्रतिनिधिसभाको पूर्णकाल र आगामी निर्वाचनसम्म राख्नुपर्ने प्रस्ताव गरेका हुन्। उनले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा गठबन्धनलाई स्थानीय तहसम्म पुर्‍याउनु आवश्यक रहेको समेत उल्लेख छ। मुलुकमा दुई प्रकारका राजनीतिक धार…

    Read More
  • मुख्य पृष्ठ

    आज र भोलि राति धेरै पानी पर्ने सम्भावना

    काठमाण्डौँ/देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज दिउँसो वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसँगै प्रदेश १ मा पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति भने गण्डकी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने छ । यी ठाउँमा मध्यमखालको वर्षा हुने सम्भावना…

    Read More
  • चितवन सेरोफेरो

    पहिरोको कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध

    चितवन/चितवनको इच्छाकामनामा गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । गएराति खसेको पहिरोको कारण सडक दुईतर्फी नै बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो आज बिहानदेखि हटाउन थालिएको छ । तर ठूलो पहिरो खसेका कारण पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

    Read More
  • अपराध/दुर्घटना

    पहिरोमा पुरिएर गुल्मीमा ३ जनाको मृत्यु

    गुल्मी/पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गए राति गएको पहिरो परि रेसुंगा नगरपालिका–८ तम्घास थुम्का लाइनका तिलक परियारको तिन छोरीको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा एउटै कोठामा सुतेरहेका छोरीहरु २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र जमुना परियारको रहेको प्रहरीले जनाएको छ। पहिरो हटाएर शव निकालिएको छ ।

    Read More
  • मुख्य पृष्ठ

    सर्वोच्चद्धारा कुलमानको नियुक्तिविरुद्ध रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाण्डौँ /सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको छ । रिट निवेदक हितेन्द्रदेव शाक्यको माग अनुसार घिसिङलाई कायकारी निर्देशकका रुपमा काम गर्न रोक लगाउन अन्तरिम आदेश भने दिएन । अब कुलमानलाई काम…

    Read More
  • मुख्य पृष्ठ

    देशभर थप १ हजार ३ सय ३० जनामा कोरोना पुष्टि

    काठमाण्डौँ/देशभर थप एक हजार तीन सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ६ सय २२ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख…

    Read More
  • अपराध/दुर्घटना

    पूर्वि नवलपरासीबाट लागुऔषधसहित ३ जना पक्राउ

    नवलपरासी/गैँडाकोटबाट लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००१-च १२८३ नम्बरको टाटा पिकअप भ्यानमा लागु औषध ल्याउदै गरेका तीन जनालाई गैँडाकोट नगरपालिका वडा नं. २ नारायणी पुल नजिकैबाट विहान चारबजे पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका वडा नं. ११ का…

    Read More
  • मुख्य पृष्ठ

    भारतीय तस्करको आक्रमणबाट तीन सशस्त्र प्रहरी घाइते

    धनगढी/भारतीय तस्कर समूहको आक्रमणबाट कञ्चनपुरमा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि सोमबार साँझ भारतीय तस्करहरुको समूहले आक्रमण गरेको हो । आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण…

    Read More
  • उधोग/पर्यटन

    चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने

    काठमाण्डौ/चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने भएका छन् । घोषणा गरी निर्माण कार्य गर्न बजेट विनियोजन भइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । घोषणा हुन बाँकी रहेका स्थानीय तहमा यस वर्ष घोषणा गरिनेछ । विभिन्न स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आइरहेका छन् । मन्त्रालयको औद्योगिक पूर्वाधार शाखाका उपसचिव शान्ता…

    Read More