अबको तीन दिन वर्षाको सम्भावना

काठमाण्डौ/मनसुन फेरि सक्रिय भएसँगै देशका धेरै ठाउँको मौसम बदली भएको छ ।

आज मङ्गलवार दिउँसोदेखि नै काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी पर्न थालिसकेको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अबको तीन दिनसम्म नै मौसम बदली भइ धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविद्ले बताएका छन् । लगातार तीन दिन पानी पर्ने सम्भावना रहेकाले बाढी, पहिरोको जोखिम हुने भन्दै मौसमविद्ले सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

पर्सि बिहीवार दिउँसोदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाभन्दा केही माथि अर्थात् नेपालतिर सरेकाले मनसुन फेरि सक्रिय भएको हो ।