डेंगु संक्रमणबाट दाङमा एक जनाको मृत्यु

दाङ/डेंगु संक्रमणबाट दाङको घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको मृत्यु भएको छ ।

उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको प्रतिष्ठानकी निर्देशक डा। प्रज्ञा बस्नेतले जानकारी दिइन्।

मृतक महिला डेंगु संक्रमित भएर सोमबार विहान नै प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी थिइन् ।

सोमबारसम्म जिल्लामा ४०० भन्दा बढी संक्रमण पुष्टि भएको छ ।