Breaking News
 | 
  • अपराध/दुर्घटना

    कुरिनघाटमा महिलाको शव फेला

    चितवन/चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनघाटमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार पृथ्वी राजमार्गको सडकको छेउमा आज बिहान २ बजेको समयमा हाल पहिचान नखुलेको करिब २० वर्षीय महिलाको शव फेला परेको हो। रातको समयमा गाडीबाट खसेको हुनसक्ने प्रहरीको आशंका छ । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए…

    Read More
  • मुख्य पृष्ठ

    आज विश्वकर्मा पूजा

    काठमाण्डौं/कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । कालिगडले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर बिश्वकर्मा पूजा मनाउँदै छन् । विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आजका दिन कालिगडले…

    Read More
  • मुख्य पृष्ठ

    धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौं/हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू(भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको छ । साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ। आज देशभर सामान्यतया बदली रहनेछ। देशका धेरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश, लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै…

    Read More
  • मुख्य पृष्ठ

    यस वर्ष दशैंको टीका लगाउने साइत असोज १९ गते ११ बजेर ५१ मिनेटमा

    काठमाडौँ/यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । १९ गते बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा साउनयता तीन सय ४३ जनामा डेङ्गुको सङ्क्रमण

    चितवन/रासस/जिल्लामा साउनयता तीन सय ४३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । दुई हजार पाँच सय २८ जनाको परीक्षण गर्दा उनीहरुमा डेङ्गुको सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार डेङ्गुको सङ्क्रमण जिल्लाका मुख्य सहरमा बढी देखिएको छ । कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा पाँच हजार चार सय ५४ जनाको…

    Read More
  • मुख्य पृष्ठ

    असोज १ राति १२ बजेबाट संसद अधिवेशन अन्त्य

    काठमाण्डौं/भोलि असोज १ गते राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो । ‘भोलि राती १२ बजेपछि संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ’, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना संक्रमण

    काठमाडौं/थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८२७ जनाको परीक्षणमा ११० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ६२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका…

    Read More
  • मुख्य पृष्ठ

    लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन

    काठमाण्डौ/लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्वाचन आयोगले निर्देशन दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन आयोगले भूमि आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न निर्देशन दिएको हो । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा जग्गा वितरणसम्बन्धी…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः चार प्रदेशमा अति भारी वर्षाको सम्भावना

    काठमाण्डौं/देशभरको मौसममा सामान्यतया बदली रहि गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका…

    Read More
  • मुख्य पृष्ठ

    आज राति केहि ठाउँमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

    काठमाण्डौ/आज राति लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । देशका अरू ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । भारतको उत्तर प्रदेशमा बनेको न्यून चापीय रेखाको प्रभावका कारण अबको तीन दिन देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने सम्भावना छ । आउँदो शनिवारसम्म नै…

    Read More