आज राति केहि ठाउँमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाण्डौ/आज राति लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशका अरू ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । भारतको उत्तर प्रदेशमा बनेको न्यून चापीय रेखाको प्रभावका कारण अबको तीन दिन देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने सम्भावना छ ।
आउँदो शनिवारसम्म नै देशभर पानी पर्ने र कतै–कतै अतिभारी वर्षा र भारी वर्षाको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् । शनिवार बेलुकादेखि भने पानी पर्न बिस्तारै कम हुँदै जाने मौसमविद् हिरा भट्टराईले बताउनुभयो ।
भारी वर्षाको सम्भावना रहेको क्षेत्रमा सतर्कता अपनाउन मौसमविद् भट्टराईले आग्रह गर्नुभएको छ ।