Breaking News
 | 
  • आयोगले प्रचण्ड र रवि लामिछानेलाई प्रचारप्रसारमा टोपी प्रयोग गरेको सम्बन्धमा स्पष्टीकरण सोध्यो

    काठमाण्डौ/निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् गोरखा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्यका चितवन क्षेत्र नम्बर–२ का उम्मेदवार रवि लामिछानेलाई चुनाव प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ। अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठसमेत उपस्थित…

    Read More
  • मुख्य पृष्ठ

    सागर ढकाललाई डडेल्धुरामा चुनाव प्रचार प्रसारमा रोक

    डडेल्धुरा/आगामी मसिंर ४ गते हुन गइराखेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा डडेल्धुरा बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाललाई डडेल्धुरामा चुनाव प्रचार प्रसारमा रोक लगाईएको छ। सोमबार ढकालले आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत सो कुरा बताएका हुन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले खुलेआम नियम कानुन उल्लंघन गर्दा पनि प्रशासन शाखा बन्द गरेर बसेको तर आफूले माइकिङ…

    Read More
  • चितवन सेरोफेरो

    चितवन ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. अधिकारीको ६ स नारा लोकप्रिय

    चितवन/आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार डा भोजराज अधिकारीले मतदाताको हौसला पाइरहेका छन् । घरदैलोका क्रममा अधिकारीले मतदाता समक्ष उनले गठबन्धन र आफ्ना एजेण्डाहरु सुनाउँदै हिडिरहेका छन् । उनका एजेण्डा सुन्ने मतदाताहरु प्रभाविति भएर उनलाई शुभकामना दिइरहेका भेटिन्छन् । उनले ६ स भन्ने आफ्ना नारा…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो सात दिनमा निक्षेप २१ अर्ब रुपैयाँले वृद्धि

    काठमाडौं । पछिल्लो सात दिनमा वाणिज्य बैंकहरुको कुल निक्षेप २१ अर्ब रुपैयाँले वृद्धि भएको छ । तिहार र छठ पर्वका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप पुनः प्रणालीमा आउन लागेको नेपाल बैंकर्स संघले जनाएको छ । ११ कात्तिकमा ४५ खर्ब २४ अर्ब रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप १८ कात्तिकमा बढेर ४५ खर्ब ४५ अर्ब पुगेको बैंकर्स…

    Read More
  • भोलि चन्द्रग्रहण लाग्ने

    काठमाण्डौ/भोलि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । भोलि बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्नेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बेलुकी ५ बजेर २७ मिनेटमा ग्रहण सुरु हुनेछ । चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले भोलि लाग्ने ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण र ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास…

    Read More
  • मुख्य पृष्ठ

    पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली

    काठमाण्डौं/हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबार पनि देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ…

    Read More
  • जङ्गली भालुको आक्रमणबाट ताप्लेजुङमा एक जना घाइते

    ताप्लेजुङ/जङ्गली भालुको आक्रमणबाट ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा–३ आङ्खोप खर्कगाउँका २१ वर्षीय फुर्वा तामाङ घाइते भएका छन् । तामाङलाई शनिवार दिउँसो भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । भालुको आक्रमणबाट तामाङको अनुहार र टाउकोमा गम्भीर चोट लागेको छ । घाइते तामाङको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि शनिवार नै झापामा रहेको बीएनसी अस्पतालमा पुर्याएर थप…

    Read More
  • पत्रपत्रिका/अन्य

    आयोगले मनपरी ढङ्गले निर्णय गरेको भन्दै सर्वत्र आलोचना

    काठमाण्डौं/निर्वाचन आयोगले चुनावलाई लक्षित गर्दै गरेको स्वेच्छाचारी निर्णय सर्वोच्च अदालतले धमाधम उल्टाइदिन थालेको छ। मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गर्दै निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएपछि त्यस्तो अवस्था आएको हो। सामाजिक सञ्जालमा समेत अनावश्यक निगरानी राख्दै मनपरी निर्णय गरेको भन्दै आयोगको आलोचना हुने गरेको छ। सर्वोच्चले मात्रै होइन, निर्वाचन…

    Read More
  • पत्रपत्रिका/अन्य

    विदेशीलाई व्यावसायिक भिसामा कडाइ

    काठमाण्डौं/सरकारले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्रै विदेशी लगानी स्वीकृत गराउने माथि कडाइ गर्ने भएको छ । नेपालमा उद्योगधन्दा खोल्ने भनेर उद्योग विभागबाट लगानी स्वीकृत गराई व्यावसायिक भिसा लिने तर लगानी नगर्नेहरूलाई निरूत्साहित गर्न व्यावसायिक भिसा सिफारिसमा कडाइ गर्न लागिएको हो । उद्योग विभागले व्यावसायिक भिसा सिफारिसलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै भिसा…

    Read More
  • मुख्य पृष्ठ

    ‘विप्लव’ नेतृत्वको नेकपासहित तीन वटा कम्युनिस्ट पार्टीले चुनाव बहिस्कार गर्ने

    काठमाडौं/नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित तीन वटा कम्युनिस्ट पार्टीहरूले ४ मंसिरको निर्वाचनलाई बहिस्कार गर्ने घोषणा गरेका छन् । बहिस्कारको घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रहेका छन् । तीनवटै दलले आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा संयुक्त पत्रकार सम्मेलन गर्दै…

    Read More