| 
  • प्रधानमन्त्रीले भनिन्ः मुलुक बंगलादेश नहोस्

    काठमाडौं/अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताउनुभएको छ ।बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उहाँले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताउनु भयो । उहाँले अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी गर्नुभयो । राजनीतिक दल र जेन-जीका समूहहरुले दिनदिनै सरकार छोड्…

    Read More
  • रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

    काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु गरेको छ ।पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । दुई दिन पछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान (प्राइमरी भोटिङ) हुने जनाइएको छ । प्रवक्ता झाकाअनुसार यस प्रक्रियामा देशभरबाट निवेदन दिएका करिब चार…

    Read More
  • बजार पहुँच नहुँदा किसानको दूध घरमै

    भोजपुर/भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्याउन समस्या भइरहेको छ । बजार व्यवस्थापनको अभावमा दूध घरायसी प्रयोजनमै खपत गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ । सदरमुकाम आसपास र राजमार्ग क्षेत्रका किसानले उत्पादन गरेको दूध बिक्री–वितरण गर्न सहज भए पनि गाउँघरमा उत्पादन हुने दूध भने बजारसम्म पु¥याउन कठिनाइ रहेको किसानको गुनासो छ । भोजपुर बजार…

    Read More
  • विद्यालय नर्स आफैँ समस्यामा

    पाटन,(ललितपुर)/विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य हेरचाह गर्ने जिम्मेवारीमा रहेका विद्यालय नर्स आफैँ समस्यामा रहेको सरोकार भएकाहरूको भनाइ छ ।जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले बुधबार यहाँ आयोजना गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ समीक्षा कार्यक्रममा स्वयं विद्यालय नर्सहरूले नै आफूहरूले विभिन्न समस्या भोग्नुपरेको बताएका छन् । दरबन्दीविना करारमा काम गर्नुपरेको, पर्याप्त तलब सुविधा नरहेको, उचित वातावरणमा कम गर्न…

    Read More
  • सुशीला सरकार भंग गर्न विप्लवको १० दिने अल्टिमेटम

    काठमाडौं/नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्कीको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १० दिने ‘अल्टिमेटम’ दिएको छ । बुधबार शीतल निवास पुगेर महासचिव विप्लवले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सुधारका विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।ज्ञापनपत्रमा जेन-जी आन्दोलनपछि राजनीतिक अन्योलता बढेको भन्दै विप्लवको पार्टीले सुशीला कार्की नेतृत्वको…

    Read More
  • राष्ट्रियसभा निर्वाचनः निर्वाचन अधिकृत नियुक्त

    काठमाडौ/निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाचनअधिकृत पनि नियुक्त गरेको छ ।आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राससलाई जानकारी दिनुभयो । कोशी प्रदेशमा भीमराज प्रसाई, मधेशमा शुभनाथ पुरी, वाग्मतीमा गीता श्रेष्ठ, गण्डकीमा हिमाल बेल्वासे, लुम्बिनीमा प्रकाशराज पण्डित,…

    Read More
  • दमकमा मोटरसाइकल दुर्घटनापरि चालकको मृत्यु

    भद्रपुर,(झापा)/दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको अवस्थामा बाटोको पूर्वपट्टि रहेको पानी जमेको ढलको नालीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त दुर्घटनामा कमल गाउँपालिका–६ का…

    Read More
  • ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ : गृहमन्त्री अर्याल

    कर्णाली/गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनु रहेको बताउनुभएको छ । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन कार्यक्रममा गृहमन्त्री आर्यालले फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेगरी सरकार गृहकार्यमा लागेको बताउनुभयो । गृहमन्त्रीले भन्नुभयो, “हाम्रो…

    Read More
  • विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर

    लुम्बिनी/कृषि विज्ञान विषयमा अध्ययनरत विद्यार्थी विकास पाण्डेले किसानलाई जैविक विषादी प्रयोग गर्ने विषयमा खोज नै नभएको र यसमा सरकारी निकाय गम्भीर हुनुपर्ने बताउनुभयो । जैविक विषादीका विषयमा किसान जागरुक नहुँदा उपभोक्तालाई यसको प्रत्यक्ष असर परेको र यसबारेमा किसानसँगै उपभोक्तालाई पनि बुझाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ । यस्तै कृषि विषयमा अध्यापन गराउँदै आउनुभएका शिक्षक ज्ञानेन्द्र पौडेल…

    Read More
  • केयुमा ‘आइटी–मिट’को आयोजना

    काभ्रेपलाञ्चोक/धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)मा ‘आइटी मिट–२०२५’को आयोजना गरिएको छ । विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा आयोजित उक्त कार्यक्रममा प्रविधिमा नवीनतम्, सहकार्य र सीप विकास गर्ने गतिविधि सञ्चालन गरिने जनाइएको छ । आइटी–मिटमार्फत विद्यार्थीको प्राविधिक क्षमता, नेतृत्व र सृजनशीलता प्रदर्शन गर्ने उत्कृष्ट ‘प्लेटफर्म’ प्रदान गर्दै आएको क्लबले जनाएको छ । मिटअन्तर्गत यस सातामा अन्य विविध कार्यक्रम सञ्चालन गरिए…

    Read More