Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • इरानसँगको युद्धले इजरायलमा रहेका नेपाली बेचैन

    काठमाडौँ/दुई दशकदेखि इजरायलमा केयरगिभर रहेकी सुर्खेतकी कुमारी पौडेल तीन दिनयता हरपल त्रासमा छिन् । इजरायल र इरानबीच बिहीबार रातिदेखि सुरु युद्धले उनी निदाउनसमेत सकेकी छैनन् । तेहरानदेखि तेल अवीवसम्म मिसाइल प्रहार भइरहेका छन् । इजरायलले प्रहार गरेको मिसाइलबाट इरानमा के कति क्षति भयो, उनलाई जानकारी छैन तर इरानले प्रहार गरेको मिसाइलबाट इजरायलले भोग्नुपरेका डरलाग्दा क्षति उनकै आँखा अगाडि…

    Read More
  • सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजे संर्घषमा उत्रने ।

    चितवन/पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजे संर्घषमा उत्रनुपर्ने बताएका छन् । भरतपुरमा आइतबार आयोजित अभिमुखिकरण तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । मिडियालाई नियमन गर्ने नाममा नियन्त्रण गर्ने प्रयास भइरहेको पनि उनले बताएका छन् । पछिल्लो समय पत्रकार दिलभुषण पाठकलाई पक्राउ पुर्जी जारी गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि…

    Read More
  • लुुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

    म्याग्दी/सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुुलाङमा मोबाइल फोन सेवा विस्तार गरेको छ । टेलिकमले धवलागिरि गाउँपालिका–२ खोरियाको नयाँ वनमा फोरजी ९चौथो पुस्ता०को इन्टरनेट चलाउन मिल्ने बिटिएस टावर स्थापना गरेर साविक लुलाङ गाविसमा मोबाइल फोन सेवा विस्तार गरेको हो । धवलागिरि गाउँपालिकाको खोरिया, दर, मुना, लमसुङ, लुलाङ, मरेनी, जलजला क्षेत्रलाई…

    Read More
  • व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान

    भोजपुर/भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तलाखेतीमा आकर्षित भएका हुन् । यस क्षेत्र अधिकांश किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएको स्थानीय किसान प्रदीप तामाङले बताउनुभयो । हाल किसानले पुराना बगानको संरक्षणसँगै नयाँ बिरुवा धमाधम विस्तार गरिरहेको उहाँ बताउनुहुन्छ । “हाम्रो क्षेत्रका धेरै किसानले…

    Read More
  • सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

    काठमाडौँ/सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट आज सार्वजनिक गर्दै छन्। असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् । अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले कृषि,…

    Read More
  • बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु

    पाँचथर/मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।…

    Read More
  • ‘देशको बृहत्तर हितका लागि एमाले र कांग्रेसबीच सहकार्य आवश्यक छ’

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्व र विकासका एमाले र नेपाली कांग्रेसबीच सहकार्य आवश्यक भएको बताउनुभएको छ । प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी दल भए पनि मुलुकको बृहत्तर हितका लागि द्विदलीय साझेदारी आवश्यकयक भएको बताउनुभयो…

    Read More
  • सात स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण

    लेखनाथ,कास्की/गण्डकी प्रदेशका विभिन्न जिल्लाका सात स्वास्थ्य संस्थालाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नेपाल भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख प्रसान्त सिंह वगेलले एम्बुलेन्स हस्तान्तरण गर्नुभयो । गोरखा जिल्ला अस्पताल, गोरखा नगरपालिका वडा नं ६, बेनी अस्पताल म्याग्दी, मनपाङ हेल्थपोष्ट…

    Read More
  • हाँडीगाउँमा बृहत् रक्तदान

    काठमाडौँ/अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा धन्यन्तरी युवा समूहको आयोजना र ओम अस्पतालको सहकार्यमा हाँडीगाउँमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ आज सामाजिक उत्तरदायित्व र मानव सेवाको भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्थानीय, युवा, सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको धन्यन्तरी युवा समूहका…

    Read More
  • कावासोतीको टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै

    त्रिवेणी,(नवलपरासी)/जलकुम्भीले ढाकेर नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा तालको अस्तित्व सङ्कटमा परेसँगै यसलाई जोगाउन ताल सफाइ गर्न थालिएको छ । ताललाई जलकुम्भीसहित झारले ढपक्क ढाकेर अस्तित्वनै सङ्कटमा पर्न थालेसँगै सफाइकार्य सुरु गरिएको हो । पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको ताल कावासोती नगरपालिका–७ र ८ मा पर्दछ । कावासोती तालका रूपमा समेत चिनिने यस तालको क्षेत्रफल…

    Read More