Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट

    काठमाडौं/सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको अनुमानित आय व्ययसहितको बजेट ल्याएको छ । कूल बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ (५९.८ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थापन तर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ (१९.९ प्रतिशत) विनियोजन…

    Read More
  • नयाँ बजेटः चितवन परेन प्राथमिकतामा,केही पुराना योजनालाई निरन्तरता

    भरतपुर/रास्वपा नेतृत्वको सरकारले आज (शुक्रबार) आर्थिक बर्ष २०८३ ८४ को बजेट सार्वजनिक गरेको छ । यो बजेटमा चितवनलाई चितवनलाई चासोका साथ हेरिएको थियो । रास्वपाको सभापति रवि लामिछाने र कानुनमन्त्री समेत रहेकी सोविता गौतम चितवनबाट निर्वाचित भएकाले बजेटमा चितवन प्राथमिकतामा पर्ने विश्वास गरिएको थियो । तर नयाँ बजेटमा भने चितवन प्राथमिकतामा पर्न सकेन । अर्थमन्त्री…

    Read More
  • मुख्य पृष्ठ

    ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व सङ्कलन

    काठमाडौँ/बितेका २४ घण्टामा एक हजार ९५७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १० लाख ७८ हजार ५०० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको २३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १८५ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८१ जनालाई कारबाही गरिएको…

    Read More
  • मुख्य पृष्ठ

    सुशासन र आर्थिक पुनरुत्थान केन्द्रित बजेट सार्वजनिक हुँदै

    काठमाडौँ/सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै हुनुहुन्छ ।नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार सदनमा आयव्ययको विवरण पेस हुन लागेको हो । अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च विस्तार गर्ने…

    Read More
  • गणतन्त्रात्मक शासन प्रणालीको सफल कार्यान्वयनमा सबै प्रतिबद्ध हुनुपर्छः प्रमुख सचेतक दुलाल

    काठमाडौँ/सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा प्रत्यक्ष सहभागी मध्ये एक हुनुहुन्छ–युवराज दुलाल । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित दुलाल नेपाली कम्युनिस्ट पार्टी संसदीय दलको प्रमुख सचेतक समेत हुनुहुन्छ । देशभर विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदैछ । प्रस्तुत छ, गणतन्त्र स्थापनाका लागि भएको सङ्घर्ष,…

    Read More
  • मुख्य पृष्ठ

    देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

    काठमाडौं/सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो । गत वैशाख १८ गते जारी अध्यादेश अनुसार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानबाट चल्ने मुद्दाहरू विशेष अदालतमा पुग्नेछन् ।…

    Read More
  • चारपटक म्याद थपिएपछि अलपत्र छाडिएको पुलको निर्माण सुरु

    दमौली (तनहुँ)/लामो समयदेखि अलपत्र भएको तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधिन पुलको कार्यले गति लिएकोे छ । व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेतीनदीमाथिको पुलको निर्माण कार्य अलपत्र भएको थियो । पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीका अनुसार उक्त पुलमा हाल धमाधम काम भइरहेको छ । केही समय…

    Read More
  • मिराज ढुंगानाको नेतृत्वमा चितवनमा मोटरसाइकल डोर्‍याएर फरक खालको प्रदर्शन,मूल्यवृद्धि र करको विरोध

    चितवन/पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्यवृद्धि र सरकारले लगाएको विभिन्न शीर्षकका करहरूको विरोधमा आज (आइतबार) चितवनमा फरक खालको प्रदर्शन गरिएको छ। जेनजी अभियन्ता मिराज ढुंगाना नेतृत्वको ‘गरी खान देऊ’ को चितवन शाखाले मोटरसाइकल नचढाई हातले दोहोर्‍याएर विरोध र्‍याली आयोजना गरेको हो । चितवनको चौबिसकोठीबाट सुरु भएको उक्त र्‍याली लायन्स चोकसम्म पुगेको थियो। र्‍यालीको नेतृत्व गरेका युवा…

    Read More
  • पोखरा उपत्यका नगर विकास समितिद्वारा पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

    गण्डकी/पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सहजीकरण गर्न व्यवसायीहरुलाई सूचित गरेको हो । तोकिएको…

    Read More
  • मुख्य पृष्ठ

    रवि लामिछानेको मुद्दामा महान्याधिवक्ताको कार्यालयले भन्यो चित्त बुझाउने फैसला आयो

    काठमाडौं/महान्यायाधिवक्ता कार्यालयले कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध विचाराधीन रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा संशोधन आदेशमा चित्त बुझाएर बस्ने प्रतिक्रिया दिएको छ । कास्की जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले शुक्रबार लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा संशोधनमार्फत फिर्ता हुनुपर्ने सरकारको मागलाई सदर गरेको थियो । आदेशपछि महान्यायाधिवक्ता कार्यालयका नायब…

    Read More