Breaking News

नयाँ बजेटः चितवन परेन प्राथमिकतामा,केही पुराना योजनालाई निरन्तरता

भरतपुर/रास्वपा नेतृत्वको सरकारले आज (शुक्रबार) आर्थिक बर्ष २०८३ ८४ को बजेट सार्वजनिक गरेको छ । यो बजेटमा चितवनलाई चितवनलाई चासोका साथ हेरिएको थियो । रास्वपाको सभापति रवि लामिछाने र कानुनमन्त्री समेत रहेकी सोविता गौतम चितवनबाट निर्वाचित भएकाले बजेटमा चितवन प्राथमिकतामा पर्ने विश्वास गरिएको थियो । तर नयाँ बजेटमा भने चितवन प्राथमिकतामा पर्न सकेन । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै चितवनका केही पुराना योजनालाई समेटेका छन । नयाँ योजनामा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई उपकरण खरिदका लागि ३२ करोड रकम विनियोजन र चेपाङ समुदायलाई आवासिय विद्यायलय संचालन गर्ने मात्रै समेटिएको छ ।

पुराना योजनामा भरतपुर विमानस्थललाई बिस्तार गरेर रात्रिकालिन उडान संचालन गर्ने,नारायणगढ हेटौंडा सडकको स्तरोन्नती र माझिमटार शक्तिखोर सुरुङ मार्गका लागि अध्ययन गर्न बजेट विनियोजन गर्ने बिषय समेटिएको छ । यस अघिका सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई गौरबको आयोजनाका रुपमा समेटेपनि यसपटक भने नाम समेत उच्चारण भएन । तर सरकारले देशका विभिन्न सहरमा क्रिकेट रंगशाला बनाउने घोषणा गरेको छ ।