Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • सिजी टेलिकमले मोबाइल सेवा सञ्चालन गर्न नपाउने

      काठमाडौं – सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न दिन यसअघि सर्वोच्च अदालतको एकल इजलासबाट भएको अन्तरिम आदेशलाई संयुक्त इजलासले बदर गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासबाट पुस १० मा सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन अनुमति दिन अन्तरिम आदेश भएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश ईश्वरप्रसाद…

    Read More
  • मुख्यमन्त्रीले सीडीओ शक्तिशाली बनाएको भन्दै गृहमन्त्रीसँग आक्रोशित ।

    काठमाडौं – संघीय सरकारले प्रमुख जिल्ला अधिकारी(सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। देश संघीयतामा गइसके पनि पञ्चायतकालीन शैलीमा सीडीओमा अधिकार केन्द्रित गरेको भन्दै बिहीबार गृह मन्त्रालय पुगेका प्रदेश मुख्यमन्त्रीहरूले गृहमन्त्रीसँग आक्रोश पोखेका हुन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । सरकारले प्रदेश सरकारलाई क्रस गर्ने गरी सीडीओलाई अझै अधिकार थपेको भन्दै…

    Read More
  • महोत्सवको नवौँ दिन करिब ४५ हजार दर्शकले महोत्सव अवलोकन गरे

    चितवन/समापनको मिति नजिकिदै गर्दा चितवन महोत्सव अवलोकनका लागि दर्शकहरुको आकर्षण झनै बढ्दै गएको छ । चितवन महोत्सवको नवौँ दिन बिहीबार मात्रै करिब ४५ हजार दर्शकले महोत्सव अवलोकन गरेका मूल संयोजक सहनलाल प्रधानले जानकारी दिए । बिहीबारसम्म करिब साढे चार लाख दर्शकले महोत्सव अवलोकन गरिसकेका उल्लेख गर्दै प्रधानले महोत्सवमा दर्शकहरुको सोचेको भन्दा राम्रो उपस्थिति भएको बताए…

    Read More
  • आठौँ दिनसम्म चितवन महोत्सवमा चार लाख दर्शकले गरे अवलोकन

      महोत्सव सुरु भएको आठौँ दिनसम्म आइपुग्दा चितवन महोत्सवको चार लाख दर्शकले अवलोकन गरेका छन् । नारायणगढको नारायणी नदी किनारमा सञ्चालन भइरहेको १२औँ चितवन महोत्सवको बुधबार मात्रै ५५ हजार भन्दा बढीले अवलोकन गरेका मूल संयोजक सहनलाल प्रधानले बताए । आज सोचेको भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका प्रधानको भनाइ छ । पुष २५ देखि सुरु…

    Read More
  • हुण्डी कारोबार गर्ने सहकारी अध्यक्ष पक्राउ

    बिराटनगर, २ माघ । प्रदेशको अस्थायी राजधानी विराटनगरमा पछिल्लो समय उद्योगी व्यापारीकै संलग्नतामा हुण्डीको कारोबार फस्टाएको पाइएको छ । यस क्षेत्रका कतिपय सहकारीहरु नै अवैध हुण्डी कारोबारमा संलग्न रहेको फेला परेको छ । मोरङ प्रहरीले हुण्डीको कारोबार गर्ने विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजेश हेडा, व्यवस्थापक दीपककुमार कर्णसहित तीन जनालाई गत आइतबार पक्राउ गरेपछि…

    Read More
  • सयौँ विदेशी अपराधी फरार

    काठमाडौँ – अपराधमा संलग्न विदेशी नागरिक फरार हुँदा चार अर्ब जरिवाना असुल्न बाँकी छ । तीन सय वर्षभन्दा बढी कैद भुक्तान भएको छैन । अदालतबाट अन्तिम फैसला भइसके पनि ठूलो मात्रामा बिगो असुल्नुपर्ने अपराधी विदेशतिरै निर्धक्क बसिरहेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । जिल्ला अदालतले तहसिलको ढड्डामा अपराधबापत विदेशी नागरिकबाट असुल्नुपर्ने…

    Read More
  • भारतीय वेश्यालयमा युवती बेच्ने पक्राउ

      काठमाडौँ – भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री गरेको अभियोगमा धरान नगरपालिका १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । अभियुक्त राईले केही नेपाली युवतीलाई भारतको नयाँदिल्लीस्थित जिबी रोडमा रहेको वेश्यालयमा बेचेको पुष्टि भएपछि उनलाई…

    Read More
  • बाल गायक प्रिन्सको महोत्सवमय चितवनमा बेजोड प्रस्तुती

    राजेन्द्र आचार्य/चितवन, २ माघ । चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै महोत्सवमय बनेको हो । पूर्वी चितवन महोत्सवबाट सुरु भएको मेला महोत्सव गर्ने क्रम प्रथम खैरहनी महोत्सव, चितवन हात्ती महोत्सव हुदै १२ औँ संस्करणको चितवन महोत्सव,खिचरा महोत्सवले जिल्लाको महोल नै तातेको छ ।…

    Read More
  • विद्युतीय उर्जाको खपत बढाउनुपर्नेमा जोड

    चितवन, ०२ माघ समृद्ध नेपाल निर्माणका लागि विद्युतीय उर्जाको खपत बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । १२औँ चितवन महोत्सवको अवसर पारेर विद्युत व्यवसायी संघ चितवनले आयोजना गरेको उर्जा कुशलता तथा उर्जा व्यवस्थापन कार्यक्रममा सहभागीहरुले पेट्रोलीयम पदार्थको विस्थापनमा जोड दिएका थिए । कार्यक्रममा ईन्जिनियरिङ अध्ययन संस्थान काठमाडौँका प्राध्यापक डाक्टर अमृतमान नकर्मीले जल विद्युतको विकास नभएसम्म मुलुकको…

    Read More
  • चितवन महोत्सवको ६० हजार दर्शकद्वारा अवलोकन

    चितवन, २ माघ/ नारायणगढको नारायणी नदी किनार प्रदर्शनी मैदानमा सञ्चालन भइरहेको १२औँ चितवन महोत्सव मंगलबार सबैभन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् । मंगलबार माघे सङ्क्रान्ति पर्व समेत परेकाले देवघाट स्नान गर्न आएका व्यक्तिहरु महोत्सवस्थल प्रवेश गर्दा दर्शकहरुको भीड अत्यधिक बढेको हो । चितवन महोत्सवका मूल संयोजक सहनलाल प्रधानका अनुसार मंगलबार मात्रै ६० हजार भन्दा बढी…

    Read More