नेकपाले आज देशभर जनयुद्ध दिवस मनाउदैं ।

सुर्य बराल/चितवन/फागुण १
सत्ताधारी पार्टी नेकपाले जनयुद्ध दिवस मनाउने भएको छ । नेकपा एमाले र नेकपा माओबादी पार्टी मिली बनेको नेकपाले जनयुद्ध दिवस मनाउनेमा रहेको आम आशंकालाई चिर्दै नेकपाको गत् सोमबार बसेको सचिवालय बैठकले देशभर जनयुद्ध दिबस भब्यतापुर्बक मनाउने निर्णय गरेको हो । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रिय स्तरमा र जिल्ला जिल्लामा स्थानिय स्तरमा आज फागुण १ गते जनयुद्ध दिबस मनाउन लागेको नेकपाका एक केन्द्रिय नेताले भण्डाफोरलाई जानकारी दिए ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओबादीले २०५२ मा शुरु गरेको जनयुद्ध शान्ती प्रक्रियामा आएपनि निरन्तर मनाउदै आएको छ । माओबादी पार्टी फुटेर बनेका घटकहरुले पनि जनयुद्ध दिबस मनाउदै आएका छन् ।
चितवनमा पनि नेकपाले जनयुद्ध दिबस मनउन लागेको छ । नेकपाले पुर्ब माओवादीको पार्टी कार्यालय कृष्णपुरमा बुधबार ११ बजे जनयुद्ध दिबस मनाउन लागेको हो ।
यता, महान जनयुद्द को २४ औ वार्षिक उत्सब भब्य रुपमा मनाऔं भन्दै बिप्लब निकट नेकपाले पनि देशभर जनयुद्ध दिवस अभियानको रुपमा मनाउन लागेको छ । त्यस्तै बैध र अन्य केही साना पार्टीले पनि जनयुद्ध दिबस मनाउने भएका छन् ।