क–कसले पाउँछन् भत्ता रु पाउने प्रक्रिया के ?

न्यूनतम रोजगारी नपाएको परिवार, सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार, स्वरोजगार नभएको परिवार, वैदेशिक रोजगारीमा नभएको परिवारले निर्वाह भर्ता पाउनेछन् ।

न्यूनतम रोजगारी नपाउने व्यक्तिहरुको लाभग्राही परिचयपत्रमा भरिएको विवरणको आधारमा बेरोजगार व्यक्तिहरुको संख्या र न्यूनतम एकसय दिनमध्ये रोजगारी नपाएको बाँकी दिनको यकिन गरी भत्ता वितरण गरिने जनाइएको छ ।

सरकारले बेरोजगार पहिचानका लागि रोजगार सेवा केन्द्रमार्फत स्थानीय तहभित्रका बेरोजगार व्यक्तिहरुलाई प्रत्येक वर्षको चैत महिनामा बेरोजगार दर्ताका निवेदन आह्वान गर्ने छ । स्थानीय तहभित्रका बेरोजगाज व्यक्तिको सूचीमा सूचीकृत हुन चाहेमा आफू स्थायी रुपमा बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहको रोजगार सेवा केन्द्रमा आह्वान गरिएअनुरुप बेरोजगार दर्ताको निवेदन दिनुपर्ने छ । रोजगार सेवा केन्द्रले प्राप्त निवेदनको १५ दिनभित्र छानबिन गरी बेरोजगार ठहरिएका व्यक्तिहरुको सूची तयार पारी गाउँपालिका वा नगरपालिकाको निर्णयबमोजिम रोजगार व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक गरी राखिने र सोही आधारमा भक्ता वा रोजगारीको व्यवस्था हुनेछ ।

यो खबर आजको कारोबारका प्रकाशित छ ।