Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • प्रदेश तीन मा राष्ट्रियसभा चुनाव सुरु

    २४ माघ, काठमाडौं । न. प्रदेशको राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ । निर्वाचन ललितपुरको जावलाखेलमा भइरहेको छ । मतदाताहरु लामवद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । प्रदेश न.तिनमा ११९ स्थानीय तहका प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्ष गरी कुल २३८ जना र ११० प्रदेश सांसद गरी जम्मा ३४८ मतदाता छन् । जावलाखेलस्थित ललितपुर महानगरपालिकाको ४ नम्बर…

    Read More
  • लागुऔषध सहित गुण्डागर्दीमा संलग्न चार चितवन प्रहरीको नियन्त्रणमा ।

    चितवन, २३ माघ । जिल्ला प्रहरी कार्यालय चितवनले प्रतिबन्धित लागुऔषध सहित तीन जना तथा गुण्डागर्दीमा संलग्न एक जनालाई मंगलबार पक्राउ गरेको छ । डिएसपी प्रभु प्रसाद ढकालको संयोजकत्वमा सञ्चालन गरेको लागु औषध नियन्त्रण तथा गुण्डागर्दी नियन्त्रण अभियान अन्तर्गत वडा प्रहरी कार्यालय नारायणगढले ती उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कास्कीको पोखरा लेखनाथ महानगरपालिका घर…

    Read More
  • भ्रष्टाचार आरोपमा भक्तमान श्रेष्ठ माथि विशेष अदालतमा अन्तिम सुनुवाई हुदैं

      चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालिन अध्यक्ष डा भक्तमान श्रेष्ठ विरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा अन्तिम सुनुवाई सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ फागुन २ गते डा श्रेष्ठ विरुद्ध १ करोड ६७ लाख ५७ हजार १ सय १३ रुपैयाँ सम्पत्ति अवैध आर्जन गरेको भन्दै अकुत सम्पत्तिको मुद्दा दायर…

    Read More
  • चितवनका बैंकहरूमा नक्कली नोटको बिगबिगी ।

    चितवन । माघ २३ । पुर्वी चितवनका बैंकहरुमा नक्कली नोटहरु भेटिन थालेको छ । पूर्वी चितवनको पर्सामा रहेको नेपाल इन्भेष्टमेन्टमा बिहीबार नक्कली नोट फेला परेको हो । एक हजार दरको नोटको एउटा बन्डलमा एउटा नक्कली नोट फेला परेको हो । खैरहनी–१ ज्यामिरेका निरञ्जन ओझाले नेपाल इन्भेष्टमेन्ट बैंकमा जम्मा गरेको तीन लाख रुपैयाँ मध्ये एउटा बण्डलमा…

    Read More
  • क्रान्तिकारीका कार्यकर्ताद्वारा प्रधानाध्यापक थापालाई कालोमोसो ।

    प्रनिश थापा , चितवन माघ २३ । नेकपा माओवादी विप्लव निकटका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका कार्यकर्ताहरूले नारायणगढमा रहेको बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापालाई कालो मोसो दलेका छन् । विद्यालयको भौतिक निर्माणमा आर्थिक अनियमितता, शिक्षक र कर्मचारी नियुक्तिमा मनपरी गरेको र चर्को शिक्षा शुल्क लिएको आरोपमा विद्यालय हाताभित्रै थापालाई कालोमोसो दलिएको हो । प्रधानाध्यापकमाथि दुब्यबहार…

    Read More
  • भरतपुर फुटवल क्लब विजयी

    चितवन । माघ २१ प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको आइतबारको खेलमा भरतपुर फुटबल क्लबले टाँडी युनाईटेड क्लवलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ । पेनाल्टी सुट आउटमा ४ का विरुद्ध ५ गोल गर्दे भरतपुर बिजयी भएको हो । यो टिम क्वाटरफाइनल प्रवेश गरेको छ । निर्धारित समय सम्म दुवै तर्फवाट गोल…

    Read More
  • शुक्रनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रिजाल निर्वाचित

    चितवन माघ २१ । पश्चिम् चितवनको शुक्रनगर मा रहेको शुक्रनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था को अध्यक्षमा लोकनाथ रिजाल निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी रामकृष्ण पुरीलाई ७८ मतान्तरले पराजित गर्दै रिजाल विजयी भएका हुन् । रिजालले ३ सय ४ मत प्राप्त गर्दा पुरीले २४० मत प्राप्त गरेका थिए । रिजाललाई नेपाली काँग्रेसको समर्थन…

    Read More
  • वायुसेवा कम्पनीले सोमबारदेखि हवाई भाडा बढाउने

    चितवन माघ २१ । नेपाल आयल निगमले बिहीबार मध्यरातबाट हवाई इन्धनमा मुल्यवृद्धि गरेपछि निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले सोमबारदेखि हवाई भाडा बढाउने निर्णय गरेका छन् । वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघको शुक्रबार बसेको बैठकले न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ३ सय ५५ रुपैयाँसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको संघका प्रबक्ता घनश्याम आचार्यले जानकारी दिए…

    Read More
  • चितवन प्रहरीको :आकस्मिक अप्रेसनमा ४ सय ८४ गाडी नियन्त्रण , ४ लाख राजर्श्व संकलन ।

       चितवन माघ २१ । जिल्ला प्रहरी कार्यालय चितवनले पछिल्लोपटक जिल्लाको सुरक्षा अवस्था कडाइ र मजबुत बनाउन कटिबद्ध रूपमा लागिपरेका छन् । कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दिपक थापाका अनुसार बितेको पाँच दिनमा कार्यालयले गरेको ुआकस्मिक चेकजाँच अभियान’ अन्तर्ग्गत नियम उल्लंघन गर्ने चार सय ८४ गाडीसहित दुई सय ७९ जनालाई पक्राउ गरेको छ ।…

    Read More
  • अनुदानका कार्यक्रम कटौती भएकोमा मत्स्य व्यवसायीको ध्यानाकर्षण

     । चितवन । नेपाल मत्स्य व्यवसायी संघको छैठौँ राष्ट्रिय परिष्द्को शनिबार बसेको संयुक्त बैंठकले मत्स्य क्षेत्रमा विगत वर्षमा आएका अनुदान कटौतीप्रति आफ्नु गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ। भरतपुरमा बसेको माछापालक किसान अगुवाको बैंठकले स्थानीय तहमा कृषि मन्त्रालयको बजेट स्थानान्तरण भएपनि अनुदानका कार्यक्रम कटौती भएकोमा नेपाल सरकारको ध्यानाकषर्ण गराउने भएको छ। बैठकले भारतबाट आयातित फर्मालिन मिसाइएको…

    Read More