Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस

    काठमाडौँ/मोरक्कोका राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गर्नुभएको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय दिवस विशेष समारोह विविध कार्यक्रम आयोजना गरी नेपालमा मनाइएको छ । नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूतको कार्यालयले अतिथिहरूको सम्मानमा आइतबार साँझ यहाँ रात्रिभोजको आयोजना गरेको थियो । सो अवसरमा नेपाल र भारतका लागि मोरक्कोका राजदूत मोहम्मद मलिकी, परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्का, महावाणिज्यदूत मेघा…

    Read More
  • राष्ट्रिय

    शिवालयमा दर्शनार्थीको घुइँचो

    काठमाडौँ/चान्द्रमासअनुसार आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साथै बोल बम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ । मन्दिर छिर्न चार वटा लामको व्यवस्था गरिएको छ । पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार…

    Read More
  • राष्ट्रिय

    रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौँ/रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।सोमबार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।

    Read More
  • मुख्य पृष्ठ

    जीवन जिउने कलासम्बन्धी कार्यशाला

    गण्डकी/ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालयले शनिबार ‘तनाव व्यवस्थापन एवं खुसियालीपूर्ण जीवनका रहस्य’ विषयमा कार्यशाला आयोजना गरियो । विभिन्न पेसा, व्यवसायमा आबद्ध भएकाहरूलाई लक्षित गरी तीन चरणमा आयोजित कार्यशालामा योग तथा ध्यान प्रशिक्षक ऋषिराम न्यौपानेले सकारात्मक सोच, तनाव व्यवस्थापन, कार्य–जीवन सन्तुलन तथा मूल्यमा आधारित जीवनशैलीका विषयमा प्रशिक्षण दिनुभएको थियो । व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीका कारण बढ्दो…

    Read More
  • लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

    krकाठमाडौं/नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको कनकाई र दमक, कैलालीको टीकापुर, मोरङ, सुर्खेत तथा दाङका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् । झापाको कनकाई नगरपालिका–२ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १०२ ग्राम ३१० मिलिग्राम, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल…

    Read More
  • उच्च अधिकारीहरूको जिल्ला खटन र सुरक्षा व्यवस्थापनको चुनौती

    काठमाडौं। धार्मिक तथा सामाजिक संवेदनशीलता बढिरहेका बेला नेपाल प्रहरी प्रधान कार्यालयले अतिरिक्त महानिरीक्षक (एआईजी), प्रहरी नायब महानिरीक्षक (डीआईजी) र वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) तहका अधिकारीहरूलाई विभिन्न जिल्लामा परिचालन गरेको छ। आधिकारिक रूपमा यसको उद्देश्य शान्ति सुरक्षा सुदृढ बनाउने, स्थानीय प्रशासनसँग समन्वय गर्ने र सामाजिक सद्भाव कायम राख्ने भनिएको छ। तर अनुसन्धानका क्रममा प्राप्त जानकारीले भने…

    Read More
  • ‘संविधानअनुसार प्रदेशलाई काम गर्न दिइनुपर्छ’

    कर्णाली/कर्णाली प्रदेशसभा सदस्यले संविधानको मर्मअनुसार प्रदेशलाई आफ्ना गतिविधि गर्न दिइए मात्रै वास्तविक अर्थमा सङ्घीयता कार्यान्वयन हुने धारणा राख्नुभएको छ । सङ्घबाट प्रदेश चलाउने गतिविधिका कारण सङ्घीयताको वास्तविक अभ्यास हुन नसकेको उहाँहरूको भनाइ थियो । प्रदेशसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले सङ्घीयता कार्यान्वयनमा सबै पक्ष इमान्दार हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकार…

    Read More
  • अपराध/दुर्घटना

    विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    काठमाडौँ/नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको टेकु र तिनथाना गैरीगाउँ, मोरङको विराटनगर विमानस्थल र हरूचोक, सुर्खेतको चनौटे, बर्दियाको चेपाङ बजार, डाँफे, लालपुर चोक र कोठियाघाट, कैलालीको मिलनचोक, झापाको चाँदनी चोक, दाङको जुरौनी तथा डडेलधुराको स्याउलेबाट विभिन्न प्रकारका लागुऔषधसहित उनीहरूलाई पक्राउ गरिएको…

    Read More
  • मुख्य पृष्ठ

    सुनसरीको घटना र राष्ट्रिय एकता कायम गर्न आह्वान

    सुनसरीबाट पुरै मधेस प्रदेशभरी फैलिएको पछिल्लो दुःखद घटनाले सम्पूर्ण नेपाली समाजलाई स्तब्ध बनाएको छ। प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीबाट दुई नेपाली नागरिकको ज्यान जानु अत्यन्तै पीडादायी र दुःखद विषय हो। यस घटनामा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। कुनै पनि लोकतान्त्रिक समाजमा नागरिकको…

    Read More
  • सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु

    जनकपुर/सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । कर्फ्यू आदेशबीच दुई पक्षबीच झडप बढ्दै जाँदा यहाँको अवस्था तनावग्रस्त बनेको छ । सिरहाका सहायक सीडीओ चेतराज बरालका अनुसार मृत्यु हुने व्यक्ति गणेश यादव रहेको खुलेको छ । अहिले यस क्षेत्रमा सेना परिचालन गरिएको छ ।

    Read More