Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर पार्टीका जनसङ्गठनहरुलाई सक्रिय हुन निर्देशन दिनुभएको छ । एमालेको केन्द्रीय कार्यालयमा आज भएको जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसङ्गठनहरू निर्वाचन अभियानको अग्रपङ्क्तिमा उभिनुपर्ने बताउनुभएको हो । संसद् पुनःस्थापनाको मागका साथै निर्वाचनलाई पनि जनाधिकार र प्राप्त…

    Read More
  • संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री

    काठमाडौँ/गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताउनुभएको छ । मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज यहाँ आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन, सहभागिता’ शीर्षकको कार्यक्रममा उहाँले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन अनिवार्य भएको बताउनुभएको हो । “मानवअधिकार र पीडितको पक्षमा सँधै लाग्नेछु । दण्डहिनताका पक्षमा…

    Read More
  • झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

    सुरुङ्गा,(झापा)/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी झापामा तीव्र पारिएको छ । निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिता पालना तथा सरोकारवाला निकायबीच समन्वयलाई प्रभावकारी बनाउँदै जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचनको औपचारिक तयारी सुरु गरेको हो । निर्वाचन तयारीका सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले बुधबार आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले…

    Read More
  • राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार

    काठमाडौँ/नेपाली कम्युनिष्ट पार्टीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले उम्मेद्वारको टुङ्गो लगाउनुभएको हो । नेकपाले कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपाने, मधेसबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा र…

    Read More
  • राष्ट्रिय सभामा उम्मेदवार चयन गर्दै प्रचण्ड–माधव

    काठमाडौं/नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्न आन्तरिक छलफलमा जुटेका छन् ।यसअघि नै सिफारिस भएर आएका नामउपर छलफल गरेर टिकट दिने कार्यमा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल व्यस्त छन् ।नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार राष्ट्रिय सभाका १८ वटै सिटमा उम्मेदवारी दिन लागिएको छ ।

    Read More
  • नेपाली कांग्रेसको पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

    काठमाडौँ/नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र पछिल्लोसमय देखिएको अन्तरविरोधलाई तत्काल समाधान गर्न आग्रह गरेको छ ।युनियनका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी पार्टी अहिले कठिन र विषम् परिस्थितिमा अगाडि बढिरहेको भन्दै पार्टीभित्र एकता, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । “पछिल्लो पटक पार्टीभित्र देखा परेको अन्तरद्वन्द्वलाई आपसी संवाद, सहमति र…

    Read More
  • निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल

    काठमाडौँ/गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षासम्बन्धी सूचना सङ्कलन, विश्लेषण, मूल्याङ्कन गरी शान्ति सुरक्षालाई भरपर्दो र मजबुत बनाउन प्रदेशका कर्मचारी नेतृत्व तथा सुरक्षा अधिकारीहरूलाई आवश्यक निर्देशन दिनुभएको छ । आज गृहमन्त्री अर्यालको अध्यक्षता तथा गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा विद्यमान सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी फागुन २१ गते…

    Read More
  • मन्त्रिपरिषद्को निर्णयः प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत

    काठमाडौँ/सरकारले नेपाल प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । यही पुस २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमावली, २०५० को अनुसूची संशोधन भएको बताउनुभयो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलका अनुसार बैठकले महालेखापरीक्षकको कार्यालय र…

    Read More
  • हामीलाई सरकारबाट जबरजस्ती लखेटेको परिणाम दुईवटा ठूला पार्टीले अहिले भोगेः प्रचण्ड

    काठमाडौं/नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशभित्र र बाहिर पनि राम्रो गर्न खोज्दा खोज्दै दुईवटा ठूला पार्टीले सहन नसकेर बाहिर जान बाध्य पारेको आरोप लगाएका छन् । नेपाली समाज भारतको आयोजनामा नयाँदिल्लीमा सोमबार आयोजित ‘एकता सन्देशसभा तथा साक्षात्कार कार्यक्रम’मा प्रचण्डले राम्रो काम गर्न खोन्दा खोज्दै संविधान मिचेर लोकतन्त्रको मर्मविपरीत गरेको कामको परिणाम घातक हुन्छ…

    Read More
  • भेनेजुएलाका राष्ट्रपति मदुरोलाई पक्राउ गर्न केही महिनादेखि नै यस्तो थियो अमेरिकी तयारी

    काठमाडौँ — महिनौँदेखिको सूक्ष्म निगरानी, सैन्य अभ्यास र आधुनिक प्रविधिको प्रयोग गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई एक ‘नाटकीय’ सैन्य कारबाहीमार्फत नियन्त्रणमा लिएको छ । ‘अपरेसन एब्सोल्युट रिजोल्भ’ नाम दिइएको उक्त मिसनमार्फत ६३ वर्षीय मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई शनिबार बिहान उनीहरूकै सुरक्षित आवास (सेफ हाउस) बाट पक्राउ गरिएको हो । अमेरिकी…

    Read More