राष्ट्रिय सभामा उम्मेदवार चयन गर्दै प्रचण्ड–माधव
काठमाडौं/नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्न आन्तरिक छलफलमा जुटेका छन् ।यसअघि नै सिफारिस भएर आएका नामउपर छलफल गरेर टिकट दिने कार्यमा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल व्यस्त छन् ।नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार राष्ट्रिय सभाका १८ वटै सिटमा उम्मेदवारी दिन लागिएको छ ।


