Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    लकडाउनको नयाँ मोडालिटीमा प्रहरी हैरान

    काठमाडौं/सुरक्षा अंगका प्रमुखले सरकारले बिहीबारबाट लागू हुने गरी बनाएको लकडाउनको नयाँ मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयमा केही सुधार गर्न सुझाएका छन् । गृह मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुन्धान विभागका प्रमुखले लकडाउनको परिवर्तित मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयलाई व्यवहारिक बनाउन सुझाएका छन् । गृहमन्त्री रामबहादुर थापासँगको छलफलमा सुरक्षा अंगका प्रमुखहरुले मोटरसाइकलमा सवार…

    Read More
  • मुख्य समाचार

    दिनहुँको आन्दोलन र भीडभाडले संक्रमण भयावह हुन सक्ने

    काठमाडौं /सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदम प्रभावकारी नभएको भन्दै सरकारविरुद्ध भीडभाडसहित प्रदर्शन गर्दा जोखिम निम्तने र स्थिति भयावह हुन सक्ने चेतावनी जनस्वास्थ्यविज्ञहरूले दिएका छन् । सडकमा धेरै व्यक्ति जम्मा गरेर कार्यक्रम गर्दा कोरोना संक्रमण दर अत्यधिक बढ्न सक्नेतर्फ उनीहरूले सबै पक्षको गम्भीर ध्यानाकर्षण गराएका छन् । यस्ता प्रदर्शनले सहरी क्षेत्रमा बसोबास गर्ने नागरिकमा कोरोना…

    Read More
  • मुख्य समाचार

    कोराना नियन्त्रणको यो कस्तो ब्यबस्थापन ?, ज्यानै लिने क्वारेन्टिन !

    सुर्खेत/कोरोनाबाट जोगिन उनी गाउँ पुगे। बाहिरबाट गएका कारण उनलाई क्वारेन्टिनमा राखियो। आफूमा संक्रमण भए पनि क्वारेन्टिनमा उपचार पाउने उनको आस थियो। तर, उनले न उपचार पाए न त राम्रो खानपान नै। भद्रगोल व्यवस्थापनका कारण जुम्लाको चन्दननाथका रामसिंह सुनारको क्वारेन्टिनमै ज्यान गयो। नगरपालिकाले वडा नम्बर ८ तलिउमस्थित एक स्कुलमा क्वारेन्टिन बनाएको छ। आफन्तलाई संक्रमण हुने त्रास…

    Read More
  • अपराध/दुर्घटना

    ओली सरकारको करामत :उद्धारमा खर्च गर्ने रकम मन्त्री र सरकारी कर्मचारीको विदेश भ्रमण र मोजमस्तीमा

    कोरोना भाइरस महामारीका कारण जोखिममा परेका श्रमिकको उद्धारमा खर्चिनुपर्ने रकम मन्त्री र सरकारी कर्मचारीको विदेश भ्रमण जस्ता मोजमस्तीमा खर्च हुने गरेको पाइएको छ। वैदेशिक रोजगार ऐन, २०६४ ले रोजगारीको क्रममा महामारीजन्य समस्यामा परेकालाई उद्धार गर्न राज्य कोषको रकम प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ। तर ऐनको व्यवस्थालाई अनदेखा गरेका सरकारी अधिकारीहरूले श्रमिकको रकम विदेश भ्रमण, अध्ययन…

    Read More
  • मुख्य समाचार

    ओली सरकारविरुद्ध सडकमा उत्रिए युवा !

    काठमाडौँ/कोभिड–१९ रोकथाम र नियन्त्रणमा सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै राजधानीk काठमाडौं, पोखरा, विराटनगर, चितवन र जनकपुरमा बिहीबार व्यापक प्रदर्शन भएको छ । संक्रमण पहिचानका लागि पीसीआर परीक्षण बढाउन र खर्च पारदर्शी बनाउन माग गर्दै युवाले स्वस्फूर्त प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा ३ दिनयता सरकारविरोधी आन्दोलन भइरहेको छ । युवाले बिहीबार पनि त्यस क्षेत्रमा…

    Read More
  • मुख्य समाचार

    सर्वोच्चको आदेश : लक डाउन पूर्ण रूपमा खुलेपछि ३० दिनभित्र कर बुझाए हुने

    काठमाडौं/सर्वोच्च अदालतले बन्दाबन्दी (लकडाउन)का बेला व्यवसायीलाई कर तिर्न बाध्य नपार्न सरकारका नाममा आदेश दिएको छ । लकडाउनले व्यवसाय ठप्प भएको समयमा सरकारले कर तिर्न समय तोकेपछि दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्चले बन्दाबन्दी ९लकडाउन० अवधिभर कर तिर्न बाध्य नपार्न भनेको हो । अधिवक्ता सिर्जना अधिकारी र थानेश्वर काफ्लेले दायर गरेको दुइटा रिटमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश…

    Read More
  • मुख्य समाचार

    कोरोना परीक्षणमा नेपालको अवस्था राम्रो।

    काठमाडौं/एसियाली राष्ट्रमध्ये नेपालमा भइरहेको कोरोना परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । विश्वभर कोरोना भाइरस सङ्क्रमणको तथ्याङ्क अपडेट गर्दै आएको वल्र्डमिटरले नेपालको कोरोना परीक्षण दर जापान, थाइल्यान्डभन्दा अगाडि रहेको देखाएको छ । कोभिड–१९ बारे ताजा तथ्याङ्क दिने वेबसाइट वल्र्डमिटरका अनुसार प्रति १० लाख जनसङ्ख्यामा नेपालले नौ हजार ७४५ जनाको कोरोना परीक्षण गरिरहेको छ । जुन…

    Read More
  • मुख्य समाचार

    लकडाउनको अवधिमा आपराधिक घटनामा व्यापक कमी

    काठमाण्डौ/कोरोना भाइरसको संभावित जोखिम कम गर्न सरकारले लागू गरेको देशव्यापी लकडाउनको करीव तीन महिने अवधिमा समाजमा आपराधिक घटनामा व्यापक कमी आएको छ । लामो समय घरमै थुनिएर बस्नुपर्दा, व्यवसाय सञ्चालन गर्न नपाउँदा, लकडाउनपछि जीवनयापन सहज हुने आशमा नागरिकहरु घरमा नै बस्दा आपराधिक घटनाहरुमा कमी आएको सुरक्षा निकायहरुको रिर्पोटले देखाएको छ । एकातिर रोगको डर र…

    Read More
  • मुख्य समाचार

    एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै

    काठमाडौं/सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा कार्यविधिमा स्पष्ट गरिने भएको छ । सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै विद्यालय तहको कक्षा १० का विद्यार्थीको मूल्याङ्कन सम्बन्धित विद्यालयले गरेको अन्तिम मूल्याङ्कनलाई आधार मानिने छ भने…

    Read More
  • चितवन सेरोफेरो

    कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै चितवनको युवाहरु सडकमा (फोटोफिचर सहित)

    भरतपूर/चितवनको भरतपुर चौविसकोठी चोकमा सरकारको पछिल्लो कामको विरोध गर्दै शान्तिपुर्ण विरोध प्रदर्शन गरिएको छ । कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै चितवनका युवाहरु स्वस्फूर्त रुपमा सडकमा आएका हुन्। सयौंको संख्यामा रहेका उनीहरूले विभिन्न नारा लेखिएको सरकार विरोधी प्ले कार्ड प्रर्दशन गर्दै विरोध गरेका थिए । प्रदर्शनकारीहरुले दश अर्ब खोई ?, पीसीआर प्रविधिबाट परीक्षण गर, आरडीटी…

    Read More