कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै चितवनको युवाहरु सडकमा (फोटोफिचर सहित)

भरतपूर/चितवनको भरतपुर चौविसकोठी चोकमा सरकारको पछिल्लो कामको विरोध गर्दै शान्तिपुर्ण विरोध प्रदर्शन गरिएको छ । कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै चितवनका युवाहरु स्वस्फूर्त रुपमा सडकमा आएका हुन्।
सयौंको संख्यामा रहेका उनीहरूले विभिन्न नारा लेखिएको सरकार विरोधी प्ले कार्ड प्रर्दशन गर्दै विरोध गरेका थिए । प्रदर्शनकारीहरुले दश अर्ब खोई ?, पीसीआर प्रविधिबाट परीक्षण गर, आरडीटी किटबाट भइरहेको परीक्षण बन्द गर्नुपर्ने माग राख्दै विरोध गरेका हुन्।
त्यस्तै १४ दिनसम्म लक्षण नदेखिएका कोरोना संक्रमितलाई पुनः परीक्षण नै नगरी घर पठाउने सरकारी नीतिको पनि विरोध गरेका छन्।
यस्तै यसअघि हिजो बालुवाटार अगाडि भएको शान्तिपुर्ण जुलुसलाई सरकारले दमन गरेको थियो । जसको फलस्वरुप आज देशभर बिरोध शुरु भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि गरिएको शान्तिपुर्ण विरोध प्रदर्शनमा सहभागी विद्यार्थीसहित अन्य सर्वसाधारणमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथसाथै पानीको फोहोराले आक्रमण गरेको थियो ।