Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • प्रधानमन्त्री सुशीला कार्कीद्वारा ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस, शपथ भोलि 

    ५ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् । उनले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि सिफारिस भएका मन्त्रीहरूमा पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, डा. संगिता मिश्रा, महावीर पुन र डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् । राष्ट्रपतिको कार्यालयले मन्त्रीहरूको…

    Read More
  • पुर्वप्रधानमन्त्री ओली र पुर्वगृहमन्त्री लेखकलगायतलाई कारबाही गर्न माग!

    काठमाडौँ/मानव अधिकार तथा शान्ति समाजले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ। जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गरी जिम्मेवार नेताहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने समाजको भनाइ छ। ४४औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आइतबार एक विज्ञप्ति जारी गर्दै समाजले सुशासनलाई शान्तिको पूर्वशर्तका रूपमा कार्यान्वयन गर्न आग्रह गरेको…

    Read More
  • मुग्लिन-नारायणगढ सडकखण्डमा रोकिएन पहिरो: आज पनि रातभर नखुल्ने!

    ४ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार, आज रातभर पनि सडक दुईतर्फी नै बन्द हुने भएको हो । साँझसम्म पनि निरन्तर पहिरो गइरहेका कारण पन्छाउन नसकिएको उनले अनलाइनखबरलाई बताए । आजका लागि पहिरो पन्छाउने काम पनि रोकिएको छ । ‘आज पनि…

    Read More
  • हाल सबै मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा रहने

    काठमाडौँ/नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पद तथा गोपनीयताको शपथ लिएकी छन्। शितल निवासमा आयोजित शपथ ग्रहण समारोहलगत्तै उनले तत्काल मन्त्रिपरिषद् विस्तार नगरी सबै मन्त्रालयको जिम्मेवारी हाललाई आफैँले सम्हाल्ने भएकी हुन्। यस निर्णयसँगै सबै मन्त्रालयको प्रत्यक्ष बागडोर प्रधानमन्त्री कार्कीको मातहतमा आएको छ।

    Read More
  • निडर स्वभाव र सरल जीवनशैलीको पर्याय हुनुहुन्छ नवनियुक्त प्रधानमन्त्री कार्की

    काठमाडौँ/पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राख्नुभएको छ । सर्वोच्च अदालतकोे पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रच्नुभएकी नवनियुक्त प्रधानमन्त्री कार्की देशको पहिलो कार्यकारी प्रमुख बन्न सफल हुनुभएको हो । जेनजी समूहको आन्दोलनको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाङ्क्षाबमोजिम राजनीतिक दल र…

    Read More
  • प्रतिनिधिसभा विघटन

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ ।राष्ट्रपतिले यही भदौ २७ गते शुक्रबार रातको ११ः०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । आज यहाँ विज्ञप्तिका अनुसार नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको छ…

    Read More
  • धारा ६१ अनुसार सुशीला कार्की मुलुकको प्रधानमन्त्री

    काठमाडौं/राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए । तर, युवा (जेन–जी) आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन् । नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार…

    Read More
  • नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

    काठमाडौं/नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।

    Read More
  • संवैधानिक दायरा भित्रबाटै समस्याको समाधान खोज्न राष्ट्रपतिको अपिल

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा संवैधानिक दायरा भित्र रहँदै समस्याको समाधान खोज्न सबै पक्षलाई अपिल गरेका छन्। राष्ट्रपतिबाट आज जारी गरिएको सन्देशमा आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्दै मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति–सुरक्षा कायम गर्न आफू निरन्तर विचार–विमर्शमा रहेको जनाएका छन्। ‘आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न ढिला नगरी छिटो समाधानको बाटो खोज्नुपर्ने आवश्यकता छ,’…

    Read More
  • अहिलेको सङ्क्रमणकालीन अवस्थाको निकास संविधानसम्मत तरिकाबाट खोजिनुपर्छः अध्यक्ष दाहाल

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र संसद्को शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई नै फाइदा पु¥याउने भएकाले अहिलेको सङ्क्रमणकालीन अवस्थाको हल संविधानसम्मत तरिकाबाट खोजिनुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष दाहालले संविधान कार्यान्वयनमा देखिएका चुनौतीको गम्भीर समीक्षासहित समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन…

    Read More