Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौडः ३६ को मृत्यु, ४० घाइते

    भारत/भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्‍यालीमा भएको भागदौडमा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन्। मृतकमध्ये आठ जना बालबालिका रहेका छन्। राज्यका स्वास्थ्यमन्त्री एम। सुब्रमण्यमले शनिबार राति यो जानकारी दिनुभएकोहो । र्‍यालीमा अनुशासनको कमी, विजय ढिलो आइपुग्दा भीड बेकाबु करुर जिल्लामा आयोजित विजयको र्‍यालीमा हजारौँ समर्थक…

    Read More
  • अन्तर्राष्ट्रिय

    इजरायलद्वारा ७२ घण्टामा ६ देशमा आक्रमण

    काठमाडौं/हमासको आक्रमणपछि शुरू भएको युद्धले सम्पूर्ण पश्चिम एसियालाई हल्लाएको छ। इजरायलको बमबारी गाजामा मात्र सीमित छैन । पछिल्लो ७२ घण्टाभित्र, इजरायली सेनाले एकैसाथ ६ मुस्लिम देशहरूलाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यी आक्रमणहरूमा लगभग २०० जनाको मृत्यु भएको छ र एक हजारभन्दा बढी मानिसहरू घाइते भएको समाचारमा उल्लेख छ । कतारदेखि यमन,…

    Read More
  • अन्तर्राष्ट्रिय

    ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो २७ वर्षको जेल सजाय

    ब्रासिलिया/२०२२ को चुनाव हारेपछि सत्तामा रहन कूको षड्यन्त्र रचेको आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई बिहीबार त्यहाँको सर्वोच्च अदालतको बहुमतले दोषी ठहर गरेको छ । अदालतले उनलाई २७ वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ । यो फैसला उनले सिर्जना गरेको पपुलिष्ट आन्दोलनको लागि एक शक्तिशाली झट्का भएको छ । सर्वोच्च अदालतका पाँच न्यायाधीशको बहुमतले पारित…

    Read More
  • अन्तर्राष्ट्रिय

    महासचिव गुटेरेसद्वारा संयमता अपनाउन आग्रह

    काठमाडौँ/संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न आग्रह गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल एक्समार्फत प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति दुःख लागेको उल्लेख गर्दै जीवन र सम्पत्तिको सुरक्षा तथा सम्मान गर्न आग्रह गर्नुभएको हो । महासचिव गुटेरेसले सोे विषयमा गहिरो अनुसन्धान गर्न, हिंसा थप बढ्न…

    Read More
  • अन्तर्राष्ट्रिय

    युक्रेन सहमत नभए युद्धबाटै उद्देश्य पूरा गर्ने पुटिनको चेतावनी

    काठमाडौं/रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले वार्तामार्फत सहमति गर्न नमाने आफ्ना सबै उद्देश्यहरू युद्धमार्फत हासिल गर्ने बताएका छन् । पुटिनको यो टिप्पणी चीनमा एउटा विशाल सैन्य परेडमा सहभागी भएपछि आएको हो । यो भनाइलाई डोनाल्ड ट्रम्प र अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई चुनौतीको रूपमा हेरिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनलाई युद्ध अन्त्य गर्न मनाउने…

    Read More
  • इजरायलले गर्‍यो गाजा सिटी ‘युद्ध क्षेत्र’ घोषित

    काठमाडौं/इजरायलले गाजाको सबैभन्दा ठूलो सहर गाजा सिटीलाई ‘युद्ध क्षेत्र’ घोषणा गरेको छ । यो कदमलाई अन्तर्राष्ट्रियस्तरमा निन्दित एक ठूलो सैन्य कारबाहीको सुरुआत मानिएको छ । शुक्रबार सोही क्षेत्रबाट दुई बन्धकको शव पनि बरामद गरिएको छ । पछिल्लो २२ महिनादेखि जारी यो संघर्षमा मृत्यु हुनेको संख्या ६३ हजार नाघेको छ । एक लाख ५९ हजारभन्दा बढी…

    Read More
  • चीनलाई ट्रम्पको धम्की- अमेरिकालाई खनिज चुम्बक नदिए २०० प्रतिशत कर लगाउँछु

    काठमाडौं/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चीनले अमेरिकालाई चुम्बक बिनारोकतोक उपलब्ध गराउनुपर्ने बताएका छन् । यदि, त्यसो नगरे चीनमाथि २०० प्रतिशत आयात कर वा अन्य कुनै प्रतिबन्धका उपायहरू लागु गर्ने धम्की दिएका छन् । दुई देशबीचको व्यापार विवादका बीचमा चीन दुर्लभ चुम्बक र तिनको आपूर्तिमा नियन्त्रणको विषयमा संवेदनशील बन्दै गएको छ । अमेरिकाले कर वृद्धिको जवाफमा…

    Read More
  • भियतनामका उपराष्ट्रपति सुआन नेपाल आउनुहुँदै

    काठमाडौँ/समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउदै हुनुहुन्छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । उपराष्ट्रपति सुआनले यही भदौ ७ देखि ९ गतेसम्म नेपालको भ्रमण भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपराष्ट्रपति यादव र…

    Read More
  • विद्यालयको निःशुल्क खाजा खाँदा ३६५ जना बिरामी

    जकार्ता/इन्डोनेशियाको मध्य जाभामा विद्यालयमा वितरण गरिएको निःशुल्क खाजा खाँदा ३६५ जना बिरामी परेका छन्। राष्ट्रपति पाबोवो सुबियान्तोले सुरु गरेको निःशुल्क खाजा कार्यक्रममा यसअघि पनि खाद्य विषाक्तता (फुड प्वाइजनिङ) का घटना देखिएका थिए, तर यति धेरै मानिस एकैपटक बिरामी परेको यो पहिलो घटना हो। घटना भएपछि मध्य जाभाको श्रागेनमा निःशुल्क खाजा वितरण कार्यक्रम अस्थायी रूपमा रोकिएको…

    Read More
  • अब अमेरिका प्रवेश गर्न १५ हजार डलर जम्मा गर्नुपर्ने !

    काठमाडौं/अमेरिका प्रवेश गर्न १५ हजार डलर जम्मा गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्नुअघि १५ हजार अमेरिकी डलरसम्म जमानती बन्ड जम्मा गर्नुपर्ने नयाँ योजना सुरु गर्न लागेको हो । यो योजना पर्यटक (बी–२) वा व्यापार (बी–१) भिसामा अमेरिका आउने व्यक्तिमा लागु हुने बताइएको छ । यो…

    Read More