Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अन्तर्राष्ट्रिय

    चिलीमा भीषण डढेलो: १८ को मृत्यु, दुई क्षेत्रमा संकटकाल घोषणा

    नुब्ले/चिलीको मध्य र दक्षिणी क्षेत्रमा फैलिएको विनाशकारी वन डढेलोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ। राष्ट्रपति ग्याब्रिएल बोरिकले बायोबियो क्षेत्रको कन्सेप्सनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्। तीव्र हावा र अत्यधिक गर्मीका कारण डढेलो अनियन्त्रित बनेपछि सरकारले नुब्ले र बायोबियो क्षेत्रमा संकटकाल घोषणा गरेको छ। डढेलोका कारण बायोबियो क्षेत्रमा…

    Read More
  • भारतमा भाले हात्तीको आतंकः नौ दिनमा यसरी लियो २० जनाको ज्यान

    भारत/भारतको झारखण्ड राज्यको पश्चिम सिंहभूम जिल्लामा एउटा भाले हात्तीले विगत नौ दिनमा २० जनाको ज्यान लिएको छ। यो घटनाले स्थानीय बासिन्दामा ठूलो त्रास र आक्रोश फैलाएको छ। जिल्ला मजिस्ट्रेट चन्दन कुमारले २० जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरेका छन्। वन अधिकारी कुलदीप मीना भन्छन्, ‘भाले हात्तीको कारण यस्तो अवस्था पहिलो पटक सिर्जना भएको हो। थप…

    Read More
  • हिमाचल प्रदेशमा बस दुर्घटना, १२ जनाको मृत्यु

    काठमाडौँ/भारतको हिमाचल प्रदेशस्थित सिरमौर जिल्लामा भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ । शुक्रबार हरिपुरधार नजिकै कुप्वीबाट शिमला जाँदै गरेको एक निजी बस सडकबाट खस्दा यो दुर्घटना भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार बसमा करिब ४५ जना यात्रु सवार थिए । दुर्घटनामा घाइते भएका सबैलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।…

    Read More
  • निकोलस मादुरो : बस चालकदेखि चाभेजको उत्तराधिकारी हुँदै अमेरिकी हिरासतसम्म

    निकोलस मादुरो, जो एक पूर्व बस चालक र युनियन कार्यकर्ता थिए, सामान्य पृष्ठभूमिबाट उठेर १३ वर्ष आठ महिनासम्म भेनेजुएलामा शासन गरे । गत शनिबार अमेरिकी विशेष बलले ६३ वर्षीय यी नेतालाई नियन्त्रणमा लिई अपहरण शैलीमा देश बाहिर उडाएपछि उनी अप्रत्याशित रूपमा अपदस्थ भएका छन् । वर्षौँदेखि मादुरोले अमेरिकी सरकारमाथि उनका दिवङ्गत गुरु र पूर्ववर्ती ह्युगो…

    Read More
  • भेनेजुएलाका राष्ट्रपति मदुरोलाई पक्राउ गर्न केही महिनादेखि नै यस्तो थियो अमेरिकी तयारी

    काठमाडौँ — महिनौँदेखिको सूक्ष्म निगरानी, सैन्य अभ्यास र आधुनिक प्रविधिको प्रयोग गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई एक ‘नाटकीय’ सैन्य कारबाहीमार्फत नियन्त्रणमा लिएको छ । ‘अपरेसन एब्सोल्युट रिजोल्भ’ नाम दिइएको उक्त मिसनमार्फत ६३ वर्षीय मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई शनिबार बिहान उनीहरूकै सुरक्षित आवास (सेफ हाउस) बाट पक्राउ गरिएको हो । अमेरिकी…

    Read More
  • मदुरोको गिरफ्तारीबारे इरानी, रुसी र टर्किस मिडियाले के-के लेखे ?

    काठमाडौँ — भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकी सेनाले गिरफ्तार गरेपछि विश्व राजनीतिमा तरंग पैदा भएको छ । यस घटनालाई लिएर विश्वका प्रमुख सञ्चारमाध्यमहरूले फरक-फरक दृष्टिकोण पस्किएका छन् । नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरुले पनि मदुरो गिरफ्तारको खबर पहिलो पृष्ठमै प्रकाशन गरका छन् । त्यस्तै अन्तर्राष्ट्रिय समुदायमा पनि चासोको विषय भएका कारण विश्वव्यापी ‘कभरेज’को विषय बनेको छ…

    Read More
  • जापानको टोकियोमा ५० भन्दा बढी सवारी साधन एकआपसमा ठोक्किदा २६ जना घाइते

    टोकियो/जापानको टोकियो उत्तरपश्चिममा पर्ने गुनमा प्रान्तमा शुक्रबार राति भएको भीषण सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।गुनमा प्रान्तको मिनाकामी नगरस्थित कान–एत्सु एक्सप्रेसवेमा करिब ७ः३० बजे ५० भन्दा बढी सवारी साधन एकआपसमा ठोक्किएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार हिमपातका कारण सडक चिप्लो बनेपछि सवारी साधनहरू नियन्त्रण बाहिर गएर दुर्घटना…

    Read More
  • टर्कीमा विमान दुर्घटना: लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु

    अङ्कारा/टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । लिबियाली अधिकारीहरूका अनुसार विमानमा आएको प्राविधिक खराबीका कारण उक्त दुर्घटना भएको हो । लिबियाका सैन्य प्रमुख, अन्य चार जना वरिष्ठ अधिकारी र तीन जना चालक दलका सदस्य सवार उक्त निजी जेट अङ्काराबाट उडान भरेको…

    Read More
  • क्यालिफोर्नियामा आँधीका कारण भएको भारी वर्षा र हिमपातले सयौँ विस्थापित

    लस एन्जलस/क्यालिफोर्नियामा मङ्गलबार आएको आँधीका कारण आवासिय घरहरु प्रभावित हुदाँ सयौं मानिसहरु विस्थापीत भएको जनाइएको छ । भने क्रिसमसको समयमा राज्यको धेरै भागमा बाढीका कारण र यातायात अवरुद्ध हुने खतरा रहेको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय मौसम सेवाले विज्ञप्ति जारी गर्दै आँदीले शुक्रबारसम्म क्यालिफोर्नियामा भारी वर्षा, हिमपात गराउने, जानकारी गराउदै राज्यको उत्तरी, मध्य र दक्षिणी…

    Read More
  • रुस र अमेरिकाद्वारा आणविक परीक्षण पुनः सुरु गर्ने चेतावनीले बढ्यो चिन्ता

    भिएना/संयुक्त राज्य अमेरिका र रुसले दशकौँपछि पुनः आणविक परीक्षण सुरु गर्न सकिने सङ्केत दिएपछि अन्तर्राष्ट्रिय समुदाय तीव्र रूपमा चिन्तित बनेको छ । यस्तो चेतावनीले दशकौँदेखि कायम रहेको विश्वव्यापी परीक्षण–प्रतिबन्धको मानक नै खस्किन सक्ने र अप्रसार प्रयासमा गम्भीर असर पर्न सक्ने विज्ञहरूको आकलन छ । अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसलमा ‘अन्य देशहरूको परीक्षण…

    Read More