Breaking News

पोर्चुगलविरुद्ध कंगोलाई कुनै डर छैनः प्रशिक्षक डेसाब्रे

काठमाडौं/डीआर कंगोका प्रशिक्षक सेबास्टियन डेसाब्रेले आफ्नो टोली विश्वकपको पहिलो खेलमा पोर्चुगलविरुद्ध डर बिना र आत्मविश्वासका साथ खेल्ने बताएका छन्। समूह चरण खेलमा डीआर कंगोले बुधबार १०ः ४५ बजे पोर्चुगलको सामना गर्दैछ। सो अघिको प्रेस कन्फरेसमा प्रशिक्षक डेसाब्रेले यस्तो बताएका हुन्।

उनले टोलीले आवश्यक जोखिम लिँदै आफ्नै शैलीमा खेल्ने र बलियो प्रतिद्वन्द्वीलाई चुनौती दिने बताए। ‘हामीले गर्नुपर्ने भनेको पहिलो खेलको दबाब, दबाबको सामना गर्नु हो,’ देसाब्रेले भने, ‘म चाहन्छु कि मेरो टोलीले खेलोस्, त्यसैले हामी जोखिम लिनेछौं। ती जोखिमहरू मापन गरिनेछ। कुनै डर छैन।’

१९७४ पछि पहिलो पटक विश्वकपमा सहभागी भएको डीआर कंगोसँग युरोपका विभिन्न लिगमा खेल्ने अनुभवी खेलाडीहरू छन्। प्रशिक्षक डेसाब्रेले टोली पूर्ण रूपमा फिट रहेको र विभिन्न रणनीति अपनाउन सक्षम रहेको बताए। इबोला प्रकोपका कारण केही चुनौती आए पनि तयारीमा ठूलो असर नपरेको उनले स्पष्ट पारे। साथै, देशका करिब १० करोड समर्थकको अपेक्षाले खेलाडीहरूलाई थप प्रेरणा दिएको उनले बताए।