| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य समाचार

    प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

    काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रबन्ध गरे बमोजिम आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले…

    Read More
  • खेलकुद

    नेदरल्यान्ड्सविरुद्ध नेपालको सानदार जित

    ग्लास्गो/ओपनर कुशल भूर्तेल र आरिफ शेखको प्रभावशाली प्रदर्शनमा बिहीबार नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले सजिलै पराजित गरेको छ । नेदरल्यान्ड्ससँग अघिल्लो खेलमा तीन सुपर ओभरसम्म खेलेर हारेको नेपालले त्यसको बदला लिएको हो । नेपालले १ सय ७५ रनको लक्ष्यलाई दुई बलअगाडि पूरा गर्‍यो । अन्तिम ओभरमा नेपाललाई जितनिम्ति ७ रन आवश्यक थियो । १९ औं ओभरको…

    Read More
  • मुख्य समाचार

    देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै

    काठमाडौँ/उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ । पटकपटक भाका सार्दैै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटन गर्दै हुनुहुन्छ । ‘फ्लाई ओभर’ निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन् । भौतिक पूर्वाधार तथा…

    Read More
  • तीन दलका शीर्ष नेताको बैठक बस्दै

    काठमाडौँ/समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो २ः०० बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु सहभागी हुनुहुने…

    Read More
  • मुख्य समाचार

    गैरआवासीय राजदूत नियुक्त

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले मलेसियाका लागि नेपालका राजदूत डा नेत्रप्रसाद तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसरमा आज राजदूत तिम्सिनालाई फिलिपिन्सको गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

    Read More
  • उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे छलफल भएको थियो । आयोगमा राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिको मनोनयन यथाशीघ्र गर्नेगरी अर्को साता दोस्रो पूर्ण बैठक बस्ने भएको छ । गत…

    Read More
  • अपराध/दुर्घटना

    यातायात कार्यलय भरतपुरका भ्रष्ट र घुसखोरहरु माथी कडा कार्बाही होस्: आमसर्बसाधारण, कार्यलय प्रमुख भट्टराई जोगाउने खेल !

    चितवन/भ्रस्टाचार, घुसखोरी र अनियमितताको केन्द्रबिन्दुको रुपमा जिल्लामा डुङ्गडुङ्गती गन्हाएको चितवनको भरतपुरस्थित यातायात ब्यबस्था कार्यलयमा गत् शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यलय टंगाल काठमाडौंबाट खटिएको बिशेष टोलीले आकास्मिक छापा मारी कर्मचारीहरु कोही कसैलाई कतै भाग्ने उम्कने मौका नै नदिई कार्यालय प्रमुख बिष्णुकुमार भट्टराई र केही बिचौंलीयासहित कार्यालयमा उपस्थित सबैलाई किरिझ्याप पारेको हो । छापा मार्ने…

    Read More
  • इजरायलद्वारा ६० लडाकु विमानबाट इरानमाथि आक्रमण,इरानले पनि गर्‍यो निरन्तर मिसाइल आक्रमण

    काठमाडौं/इजरायली सेनाले इरानको परमाणु र सैन्य अड्डाहरूलाई निशाना बनाएर ठूलो आक्रमण गरेको छ। इजरायली सैन्य प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले ६० वटा लडाकु विमानले मध्य इरानका ब्यालिस्टिक मिसाइल प्रक्षेपण केन्द्रहरूमा आक्रमण गरेको बताए। नतान्ज र फोर्डो जस्ता परमाणु केन्द्रहरूमा ठूलो क्षति पुगेको स्याटेलाइट तस्वीरहरूले देखाएको दाबी गरिएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको शासनलाई ‘आधुनिक…

    Read More
  • अपराध/दुर्घटना

    चितवनका कन्सल्टेन्सीहरु ठगी र राजस्व लुटपाट धन्धामा !

    चितवन/शैक्षिक परामर्शका लागि भनि बग्रेल्ती खुलेका कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीको काम समेत गर्ने गरेको गुनासो बढेसँगै युवा तथा बिधार्थीहरु ठगिने क्रम बढेको आम गुनासो आईरहेको छ । ‘शैक्षिक परामर्श’ सञ्चालन गर्ने लगायतका अन्य उद्देश्य अनुरुप खोलिएका त्यस्ता केही ‘शैक्षिक परामर्श केन्द्र’ कन्सल्टेन्सीहरुले आफ्नो बिधान, उधेश्य र कम्पनीको मर्म बिपरित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा पारी आम सर्बसाधारणहरुबाट…

    Read More
  • मुख्य समाचार

    इजरायल–इरान युद्धको घेराभित्र सुरक्षा खोज्दै नेपाली

    काठमाडौँ/जब आकाश चिरेर क्षेप्यास्त्र भुइँमा झर्छ र बेजोडको आवाजले तेहरान सहर खलबलाइदिन्छ, तब हरि थापा त्रासले आत्तिन्छन्, श्रीमती र छोराको चिन्ताले पिरोलिन्छन् । तेहरानस्थित भारतीय दूतावासमा काम गर्ने उनीसँगै श्रीमती र छोरा छन् । ‘दिनमा त खासै डर हुँदैन । त्यति धेरै आवाज पनि आउँदैन । तर राति के हुन्छ भन्नेमा एकदमै डर हुन्छ,’ थापाले…

    Read More